सबै श्रमसम्बन्धी कागजात वडा कार्यालयबाटै दिने गृहकार्य भइरहेको छ : श्रममन्त्री

९ पुस, काठमाडौं — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी र श्रम स्वीकृतिसहित वैदेशिक रोजगारीसँग सम्बन्धित सबै कागजात वडा तहबाटै उपलब्ध गराउने तयारी भइरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित अनौपचारिक तथा स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियानको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो जानकारी दिएका हुन् ।

वैदेशिक रोजगारीमा जाने क्रममा श्रम स्वीकृति लगायतका कागजात लिनुपर्दा श्रमिकहरूले ठगी र झन्झट झेल्नुपरेको उल्लेख गर्दै उनले ती समस्याको अन्त्यका लागि वडा तहबाटै सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याए ।

सानो काम गर्नसमेत जटिल प्रक्रिया र झमेला झेल्नुपर्दा नेपाली युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य भएको मन्त्री भण्डारीको भनाइ छ ।

राज्यले श्रमिकको हितमा प्रभावकारी भूमिका खेल्न नसक्दा उनीहरू दलालको जालोमा पर्नु परेको र सरकारी उपस्थिति कमजोर भएकै कारण देशभित्रै पनि श्रमिकहरू ठगीको सिकार बन्नुपरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल ...
प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता...
म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्द...
एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...