सम्पत्ति विवरण सार्वजनिक नहुनुमा प्रधानमन्त्री कार्यालय जिम्मेवार : मन्त्री घिसिङ

९ पुस काठमाडौं — जेनजी आन्दोलनको आधारमा सुशासनको एजेन्डा अघि सार्दै बनेको सुशीला कार्की नेतृत्वको वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सय दिन बितिसक्दा पनि सार्वजनिक हुन सकेको छैन । सम्पत्ति विवरण सार्वजनिक नहुँदा विभिन्न आलोचना र टिप्पणी भइरहेका बेला सहरी विकासमन्त्री कुलमान घिसिङले यसको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमाथि थोपरेका छन् ।

मन्त्रालयमा आज सय दिनको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उठाइएको प्रश्नको जवाफ दिँदै मन्त्री घिसिङले सम्पत्ति विवरण सार्वजनिक गर्ने जिम्मेवारी प्रधानमन्त्री कार्यालयकै रहेको बताएका हुन् ।

‘कर्मचारीको हैसियतमा रहँदा लामो समयदेखि सम्पत्ति विवरण बुझाउँदै आएको हुँ । यसपटक क्याबिनेटका सबै सदस्यले पनि तोकिएको समयमै विवरण बुझाएका छन्,’ उनले भने, ‘तर त्यसलाई सार्वजनिक गर्ने काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हो ।’

उनले आफूहरू पारदर्शिता र सुशासनप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको दाबी गर्दै भने, ‘हामी जेनजी आन्दोलनबाट आएका हौँ । मन्त्रालयअन्तर्गत सुशासनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ भन्ने मान्यतामा छौँ । अहिलेसम्म कुनै पनि विषयमा सम्झौता गरेका छैनौँ ।’

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्द...
एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...
‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्...
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचि...