हतियार उत्पादकको आम्दानी ५.९ प्रतिशतले बढ्दै नयाँ रेकर्ड कायम

१६ मंसिर, काठमाडौं −  विश्वका सबैभन्दा ठूला हतियार उत्पादक कम्पनीहरूको हतियार र सैन्य सेवाहरूको बिक्रीबाट हुने आम्दानी गत वर्ष ५.९ प्रतिशतले वृद्धि भएको छ ।

युक्रेन र गाजामा भइरहेको युद्धका साथै देशहरूको बढ्दो सैन्य खर्चका कारण माग बढेपछि यो आम्दानी ६७९ अर्ब डलर पुगेको छ, जुन अहिलेसम्मकै उच्चतम रेकर्ड भएको एपीले जनाएको छ ।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार, आम्दानीमा भएको वृद्धि धेरैजसो युरोप र अमेरिकामा आधारित कम्पनीहरूको कारण भएको हो । चीनको हतियार उद्योगमा देखिएका समस्याहरूका कारण एसिया र ओसिनियाबाहेक विश्वभर आम्दानी बढेको छ ।

विश्वव्यापी आम्दानी वृद्धि
अमेरिकाका शीर्ष १०० मा रहेका ३९ अमेरिकी कम्पनीमध्ये ३० वटाले आम्दानीमा वृद्धि गरेका छन् । यसमा लकहिड मार्टिन, नथ्र्रोप ग्रुम्यान, र जनरल डाइनामिक्स समावेश छन् । उनीहरूको संयुक्त आम्दानी ३.८ प्रतिशतले बढेर ४३३४ अर्ब पुगेको छ । यद्यपि। इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले एफ–३५ लडाकु जेटसहितका प्रमुख अमेरिकी नेतृत्वका कार्यक्रमहरूमा ढिलाइ र बजेट कटौतीले उत्पादनमा असर पारिरहेको उल्लेख छ ।

युरोप महादेशले खर्च बढाएपछि रुसबाहेकका युरोपका २६ कम्पनीमध्ये २३ वटाले हतियारको आम्दानी बढाएको देखिएको छ । रुस–युक्रेन युद्ध र रुसबाट रहेको खतराका कारण बढेको मागले उनीहरूको आम्दानीमा १३ प्रतिशतले बढेर चार हजार १५१ अर्ब पुगेको छ ।

चेक गणतन्त्रको चेकोस्लोभाक समूहको आम्दानी १९३ प्रथितशतले बढेको छ, जुन आंशिक रूपमा युक्रेनका लागि तोपका गोलाहरू जुटाउने सरकारी नेतृत्वमा सञ्चालित परियोजनाका कारण भएको हो ।

युक्रेनको जेएससी युक्रेनी रक्षा उद्योगले पनि ४१ प्रतिशतको उल्लेखनीय वृद्धि हासिल गरेको एपीले जनाएको छ ।
रुसको एसआईपीआरआईको सूचीमा रहेका रुसी कम्पनी रोस्टेक र युनाइटेड शिपबिल्डिङ कर्पोरेसनको हतियार आम्दानी नाकाबन्दीका कारण ‘कम्पोनेन्ट’को अभाव भए पनि २३ प्रतिशतले बढेर संयुक्त रूपमा ४३१.२ अर्ब पुगेको छ ।

एसआईपीआरआईले आन्तरिक मागले हतियार निर्यातमा आएको गिरावटलाई पूर्ति गर्न पर्‍याप्त भएको तर कुशल श्रमशक्तिको अभाव भने चुनौती रहेको बताएको छ ।

मध्यपूर्वमा पनि हतियारको आम्दानी बढेको र र्‍याङकिङमा रहेका तीन इजरायली कम्पनीहरूको आम्दानी १६ प्रतिशतले बढेर ४१६.२ अर्ब पुगेको छ । एसआईपीआरआईका अनुसन्धानकर्ता जुबैदा करिमका अनुसार, गाजामा इजरायली कार्यका विरुद्धका प्रतिक्रियाले इजरायली हतियारप्रतिको रुचिमा धेरै प्रभाव नपारेको देखिएको छ । धेरै देशहरूले नयाँ ‘अर्डर’हरू गरिरहेका छन् ।

एसिया र ओसिनियामा गिरावट 
एसिया र ओसिनियामा आम्दानी १.२ प्रतितशतले घटेर चार हजार १३० अर्ब पुगेको छ । यसको मुख्य कारण सूचकांकमा रहेका आठ चिनियाँ कम्पनीहरूको आम्दानी दश प्रतिशतले घट्नु हो । एसआईपीआरआईका अनुसार, चिनियाँ हतियार खरिदमा भ्रष्टाचारको आरोपका कारण गत वर्ष प्रमुख ठेक्काहरू ढिलाइ वा रद्द भएका थिए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...