आन्दोलनपछि सेवा निरन्तरतामा ध्यान: सूचना प्रविधिमन्त्री खरेलको एनसेल डेटा सेन्टर भ्रमण

Advertisement

२२ मंसिर, काठमाडौं — सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नख्खुस्थित एनसेल डेटा सेन्टर पुगेपछि आन्दोलनपछिको कम्पनीको सेवा निरन्तरता र क्षतिको अवस्थाबारे चासो व्यक्त गरेका छन्।
भदौ २३ र २४ गतेका आन्दोलनमा लैनचौरस्थित एनसेल कर्पोरेट कार्यालयमा आगजनी र तोडफोड हुँदा कम्पनीले ६७ करोड रुपैयाँभन्दा बढी क्षति व्यहोर्नुपरेको थियो।

कर्पोरेट कार्यालय क्षतिग्रस्त भएपछि त्यहाँका धेरै काम अहिले डेटा सेन्टरमार्फत सञ्चालन भइरहेका छन्। सोमबार स्थलगत अनुगमन गर्दा मन्त्री खरेलले एनसेलले बेहोरेको क्षतिप्रति दु:ख व्यक्त गरे।

उनले नेपाल टेलिकमजस्तै निजी क्षेत्रका सेवा प्रदायकलाई पनि बराबरी प्राथमिकता दिइने बताउँदै कुनै प्रकारको विभेद नहुने आश्वासन दिए। “एनसेलको फेयर बिजनेसलाई समर्थन गर्छौँ, नागरिकको सम्मान हुने वातावरण बनाउनु आवश्यक छ,” उनले भने।

मन्त्री खरेलले एनसेलले सगरमाथा बेसक्याम्पसम्म फोर-जी सेवा विस्तार गर्ने र युवाकेंद्रित ‘जेन–जी’ एक करोड रुपैयाँ बराबरको स्कॉलरशिप कार्यक्रम ल्याउने तयारीबारे जानकारी पाएको उल्लेख गर्दै कम्पनीलाई धन्यवाद व्यक्त गरे।

एनसेलका सिइओ माइकल फोलेले नेपालमा दूरसञ्चार सेवालाई विश्वस्तरमा पुर्‍याउन अझै चुनौतिभरिएको बताउँदै शहरी क्षेत्रदेखि ग्रामीण भेगसम्म सुदृढ पूर्वाधार निर्माण अत्यावश्यक रहेको जनाए।
उहाँले गुणस्तरमान सेवा कायम राख्न कम्पनीलाई निरन्तर ठूलो पुनर्लगानी आवश्यक पर्ने भन्दै सुरक्षित व्यावसायिक वातावरण अपरिहार्य हुनेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...
कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

कांग्रेस महाधिवेशन : आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त...
‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

‘नेपालमा निर्मित, नेपालमै ब्रान्डिङ, चीनमा बिक्री’ : प्रस्तावित राजदूत शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावह...