प्रधानमन्त्रीको अनुपस्थितिविरुद्ध हर्क साम्पाङद्वारा संसद् बैठक बहिष्कार

१३ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा बैठकमा उपस्थित नभएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले संसद् बैठक बहिष्कार गरेका छन्।

संसद्मा बोल्दै उनले प्रधानमन्त्रीसँग निरन्तर जवाफ माग्दै आएको उल्लेख गर्दै सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका थिए। सभामुखले यस विषयमा अघिल्लो दिन पनि छलफल भएको बताएका थिए।

साम्पाङले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै अन्यथा आफूलाई नै बैठकबाट निकाल्न आग्रह गरे। प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूले बैठकमा उठेका प्रश्नको सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसको पालना नगरेको उनको आरोप थियो।

केहीबेर सवाल–जवाफ भएपछि साम्पाङ बैठक कक्षबाट बाहिरिएका थिए।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल ...
प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता...
म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्द...
एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...