पार्टी पुनर्गठनबारे एमाले कार्यदलको छलफल हुँदै

२५ असार, काठमाडौं — नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यदलको बैठक आज बस्ने भएको छ।

पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको छ।

गत १० असारमा बसेको सचिवालय बैठकले पार्टी पुनर्गठनका विषयमा कार्यकर्ताबाट सुझाव संकलन गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार राजधानी विशेषसहित आठै प्रदेश, जनसंगठन, विभाग, प्रवास कमिटी तथा सल्लाहकारहरूबाट सुझाव संकलन गरिएको छ।

उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा रहेको कार्यदलले संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार गर्ने विषयमा आजको बैठकमा छलफल गर्नेछ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

रसुवा बाढीको असर धादिङसम्म, ६ जनाको शव फेला

रसुवा बाढीको असर धादिङसम्म, ६ जनाको शव फेला

१० भदौ, काठमाडौं — रसुवामा आएको बाढीमा परेकामध्ये ६ जनाको शव धादिङमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बुधबार ...
सीको निर्देशन : नेपाल–चीन सीमावर्ती क्षेत्रमा बाढीपहिरोमा बेपत्ताको खोजी गर

सीको निर्देशन : नेपाल–चीन सीमावर्ती क्षेत्रमा बाढीपहिरोमा बेपत्ताको खोजी गर

१० भदौ, काठमाडौं — चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्...
रसुवामा बाढी : झन्डै ४ सय पर्यटक सम्पर्कविहीन

रसुवामा बाढी : झन्डै ४ सय पर्यटक सम्पर्कविहीन

१० भदौ, काठमाडौं — रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ जना आन्तरिक तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल...
तिब्बततर्फबाट आएको बाढीले टिमुरे बजारमा क्षति

तिब्बततर्फबाट आएको बाढीले टिमुरे बजारमा क्षति

१० भदौ, काठमाडौं — तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्या...