प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सलाई

७ पुस, काठमाडौं – जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको छ ।

लाहिरु मिलान्थाको ८७ रनमा जनकपुरले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा प्रमुख दाबेदार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले स्तब्ध पारेको हो ।

जनकपुरले १ सय ८५ रनको लक्ष्य ४ बलअगाडि पूरा गरेको हो । पावर प्लेको ६ ओभरमा ७१ रन जोडेको जनकपुरले पहिलो १० ओभरमा १ सय ५ रन जोडेर लक्ष्यतिर लम्किएको थियो ।

मिलान्थाले ३१ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । मिलान्था ६५ रनमा भएको समयमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले कट एन्ड बोल्डको मौका गुमाएका थिए । मिलान्थाले ४९ बल खेली ९ चौका र ४ छक्का प्रहार गरे । मिलान्थाले एनपीएलको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ बलमा अविजित ७५ रन बनाएका थिए ।

मिलान्थाले आसिफ शेखसँग ७ ओभरमा ७७ रन जोडेर जनकपुरलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । प्रतियोगितामा खासै जम्न नसकेका आसिफले १९ बल खेली ४ चौका र २ छक्कासहित ३३ रन बनाए । मोहम्मद मोहसिन ८ बलमा ९ रन बनाई आउट भए । जिम्मी निसम ४ र आकाश त्रिपाठी २ रनमै आउट भए ।

हर्ष ठाकर ३० र विजयी रन बटुलेका मयन यादव २ रनमा अविजित रहे । ठाकरले २४ बल खेली २ छक्का प्रहार गरे । दीपेन्द्रले ४ ओभरमा ४० रन खर्चेर १ विकेट लिए । जैब, इशान पाण्डे र स्कट कुग्लेनले १–१ विकेट लिए ।

सैफ जैब र विनोद भण्डारीको शतकीय साझेदारीपछि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेट गुमाई १ सय ८४ रन बनायो । जैब र विनोदले पहिलो विकेटमा १२ ओभरमा १ सय १७ रन जोडेपछि सुदूरपश्चिमले विशाल स्कोर बनाएको थियो ।

जैबले ३३ बलमा अर्धशतक पूरा गरेपछि सुदूरपश्चिमले पहिलो १० ओभरमा बिनाक्षति ९७ रन बनाएर आक्रामक सुरुआत गरेको थियो । १३ औं ओभरमा जैबले ६२ रनमा जीवनदान पाएका थिए । किशोर महतोको बलमा उनले लङअनमा गरेको प्रहार शेर मल्लले क्याच छोड्न पुगेका थिए ।

सोही ओभरमा किशोरले जैबलाई ६९ रनमा आउट गरेका थिए । जैबले ४३ बल खेली ८ चौका र २ छक्का प्रहार गरे । अर्को ओभरमा ललित राजवंशीले अर्का ओपनर विनोद भण्डारीलाई बोल्ड गरे । विनोदले ३१ बल खेली १ चौका र ३ छक्कासहित ४१ रन बनाए ।

हरमित सिंह ८ बलमा १ छक्का प्रहार गर्दै १४ रनमा आउट भए । जिम्मी निसमले स्कट म्याकमुलेनलाई १४ रनमा बोल्ड गरे । उनले १२ बल खेली १ छक्का प्रहार गरेका थिए । मोहम्मद मोहसिनले एकै ओभरमा दीपेन्द्र र आरिफ शेखलाई आउट गरे । ७ बल खेलेका दीपेन्द्रलाई ९ र आरिफ १ रनमा आउट भए । स्कट कुग्लेन १० बलमा २ चौका प्रहार गरी १३ रनमा आउट भए । कुग्लेन र नरेश बुढाऐर (८) लाई किशोरले अन्तिम ओभरमा आउट गरे ।

किशोर र मोहसिनले ३–३ विकेट लिए । किशोरले ३ ओभरमा २५ र मोहसिनले ४ ओभरमा ४० रन खर्चे । जनकपुरका अन्य बलरहरूमाथि सुदूरपश्चिमका शीर्षपंक्तिको ब्याटिङ हावी भए पनि ललितले ४ ओभरमा १ मेडन राख्दै १५ रनमात्र खर्चेर १ विकेट लिए । निसमले ४ ओभरमा ४४ रन खर्चिर्एर १ विकेट लिए ।

दुवै टोलीले पछिल्लो खेल खेलेको टोलीबाट कुनै खेलाडी परिवर्तन गरेका थिएनन् । सुदूरपश्चिमले जनकपुरलाई क्वालिफायर १ मा र जनकपुरले कर्णाली याक्सलाई क्वालिफायर २ मा पराजित गरी फाइनलमा पुगेका थिए ।

सुदूरपश्चिमले यसै प्रतियोगितामा जनकपुरलाई दुई पटक पराजित गरी फाइनलमा पुगेको थियो । राउन्ड रोबिन लिग खेलमा सुदूरपश्चिमले जनकपुरमाथि ७२ रनको विजय हात पारेको थियो । सुदूरपश्चिमलाई १२३–९ को स्कोरमा रोके पनि जवाफमा आएको जनकपुर १२.१ ओभरमा ५१ रनमै अलआउट भएको थियो । यो स्कोर एनपीएलकै न्यून स्कोर रह्यो ।

जनकपुरलाई क्वालिफायर १ मा ८ विकेटले सहजै पराजित गरी सुदूरपश्चिम फाइनल पुगेको थियो । जनकपुरले क्वालिफायर २ मा कर्णाली याक्समाथि २ विकेटको विजय हात पारी सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

२७ वर्षमै विश्वकपका ऐतिहासिक उपलब्धि हासिल गर्दै एमबाप्पे

२७ वर्षमै विश्वकपका ऐतिहासिक उपलब्धि हासिल गर्दै एमबाप्पे

२६ असार, काठमाडौं — फ्रान्सका कप्तान किलियन एमबाप्पे फिफा विश्वकपमा सबैभन्दा छिटो २० गोल पूरा गर्ने खेलाडी बनेका छन्। साथै, उनी वि...
बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

२६ असार, काठमाडौं — पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको अवस्था अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन नगर प्र...
सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

२५ असार, काठमाडौं — सरकारले चार वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘...
विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

२५ असार, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले संसद्मा विरोध गर्ने शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त...