बालेनको भारत भ्रमणमा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा

Advertisement

४० अर्ब रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त सहयोग घोषणा गरेका हुन्।

घोषित सहयोगमध्ये कति रकम सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र कति अनुदानका रूपमा उपलब्ध गराइनेछ भन्नेबारे औपचारिक रूपमा खुलाइएको छैन। यद्यपि, स्रोतका अनुसार उक्त रकममध्ये १ खर्ब भारु ऋण र ५० अर्ब भारु अनुदानका रूपमा रहनेछ।

नेपालले भारतसँग २ खर्ब भारु आर्थिक सहयोग माग गरेको थियो। त्यसमा १ खर्ब भारु ऋण र १ खर्ब भारु अनुदान उपलब्ध गराउन अनुरोध गरिएको थियो। भारतले नेपालले माग गरेअनुसार ऋण सहयोग दिने घोषणा गरे पनि अनुदान रकम भने घटाएको स्रोतको भनाइ छ।

नेपालले प्रस्ताव गरेको १ खर्ब भारु अनुदानमध्ये ५० अर्ब रसुवामा बाढीपछि पुनर्निर्माणका लागि र बाँकी ५० अर्ब बुटवल–पोखरा एक्सप्रेस वे निर्माणका लागि उपलब्ध गराउन माग गरेको थियो। तर, कुन परियोजनामा कति रकम खर्च गरिनेछ भन्नेबारे मोदीले स्पष्ट पारेका छैनन्।

भारतले यसअघि पनि नेपालका लागि चारवटा लाइन अफ क्रेडिट घोषणा गरिसकेको छ। तीमध्ये नेपालले दुई वर्षअघि अर्थात् सन् २०२४ मा ९० करोड अमेरिकी डलर बराबरको एउटा लाइन अफ क्रेडिट रद्द गरेको थियो।

यसअघि सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा १ अर्ब अमेरिकी डलर सहयोग घोषणा गरेका थिए। सन् २०१५ मा नेपालमा ठूलो भूकम्प गएपछि उक्त सहयोगलाई भूकम्पपछिको पुनर्निर्माणमा उपयोग गर्ने गरी रूपान्तरण गरिएको थियो।

त्यसअनुसार १ अर्ब डलरमध्ये २५ करोड डलर अनुदान र ७५ करोड डलर ऋणका रूपमा छुट्याइएको थियो। अनुदानतर्फको २५ करोड डलर भूकम्पपछिको पुनर्निर्माणमा खर्च भए पनि ७५ करोड डलरको लाइन अफ क्रेडिटमध्ये ५ करोड डलर मात्र उपयोग हुन सकेको थियो।

भारतको लाइन अफ क्रेडिटअन्तर्गत सञ्चालन हुने आयोजनामा ७५ प्रतिशत वस्तु भारतबाटै खरिद गर्नुपर्ने प्रावधान छ। यही कारण भारतले घोषणा गरेको ऋणमध्ये करिब ८५ अर्ब भारु उपयोग हुन नसकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

‘भारतले यसअघि प्रतिबद्धता जनाएको ९० करोड डलर खर्च हुन नसकेपछि नेपालले सन् २०२४ मा रद्द गरेको थियो। त्यसमा करिब १० करोड डलर थपेर १ खर्ब भारुको एलओसी घोषणा होस् भन्ने हाम्रो अनुरोध थियो। त्यसमा भारत सहमत हुन्छ होला। तर, अनुदान रकम भने घटाएर मात्रै सहमति भयो,’ स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बालेनको भारत भ्रमणमा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा

बालेनको भारत भ्रमणमा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा

४० अर्ब रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आज आयोजित संयुक्त पत्रकार सम्मेलन...
मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले गरे दुई देशको समृद्धिको कामना

मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले गरे दुई देशको समृद्धिको कामना

७ मंसिर, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल र भारतबीचको विश्वास हिमालझैँ अग्लो र सहकार्य नदीझैँ निरन्तर बगिरहन...
बालेनको भारत भ्रमणमा ६ परियोजना अघि बढे, एक हस्तान्तरण र दुई उद्घाटन

बालेनको भारत भ्रमणमा ६ परियोजना अघि बढे, एक हस्तान्तरण र दुई उद्घाटन

७ मंसिर, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा कुल ६ वटा परियोजनाको शिलान्यास, उद्घाटन तथा हस्तान्त...
एमालेको ‘अपरेसन ऐना’ : गाली गर्नेका पोस्ट र तस्बिर सार्वजनिक

एमालेको ‘अपरेसन ऐना’ : गाली गर्नेका पोस्ट र तस्बिर सार्वजनिक

६ मंसिर, काठमाडौं — नेकपा एमालेले सामाजिक सञ्जालमा पार्टी र नेताहरूलाई लक्षित गरी लेखिएका टिप्पणी तथा गालीगलौज सार्वजनिक गर्न ‘अपर...