मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले गरे दुई देशको समृद्धिको कामना

Advertisement

७ मंसिर, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल र भारतबीचको विश्वास हिमालझैँ अग्लो र सहकार्य नदीझैँ निरन्तर बगिरहने सम्बन्ध कायम होस् भन्ने कामना गरेका छन्। उनले दुवै देशको समृद्धिको कामनासमेत गरेका छन्।

नयाँदिल्लीमा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले भने, ‘नेपाल र भारतबीचको मित्रता यस्तो होस् जहाँ विश्वास हिमालझैँ अग्लो होस्, सहकार्य नदीझैँ अविरल बगोस्, दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाशमुनि फक्रिओस्।’

नेपाल–भारत सम्बन्धलाई सीमित शब्दमा व्याख्या गर्न नसकिने बताउँदै उनले यो सम्बन्ध पारस्परिक सम्मान, दृढ विश्वास र निरन्तर सद्भावमा आधारित रहेको उल्लेख गरे। दुई देशबीचको आपसी विश्वास र सहकार्यलाई साझा समृद्धिको आधार बनाउँदै सम्बन्धलाई नयाँ युगको रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने उनको भनाइ थियो।

‘पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धको मूल आधारशिला हो। अतुलनीय एवं अपरिमित यस सम्बन्धको केन्द्रमा हाम्रा दुई देशका जनताहरू रहेका छन्,’ उनले भने।

प्रधानमन्त्री शाहले नेपालका भगवान् पशुपतिनाथ, माता जानकी र करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद तथा नेपाली जनताको स्नेह, प्रेम र सद्भाव लिएर आफू भारतको राजकीय भ्रमणमा आएको बताए।

भारतीय प्रधानमन्त्री मोदीले दिएको निमन्त्रणा र न्यानो आतिथ्यका लागि आभार व्यक्त गर्दै शाहले उनलाई नेपाल भ्रमणको निम्तोसमेत दिए। उनले भारतीय जनतालाई पनि मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरस्थित माता जानकी, जीवित देवी कुमारी र भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल भ्रमण गर्न आमन्त्रण गरे।

हिमालय क्षेत्रका जलस्रोतले नेपाल र भारतसहित यस क्षेत्रका करोडौँ मानिसलाई जीवन प्रदान गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न दुवै देशबीच सहकार्य आवश्यक रहेको बताए।

हिमालयबाट बगेर गङ्गामा मिसिने नदीहरूले नेपाल र भारतको साझा भविष्य तथा गन्तव्यलाई स्मरण गराउने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बालेनको भारत भ्रमणमा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा

बालेनको भारत भ्रमणमा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा

४० अर्ब रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आज आयोजित संयुक्त पत्रकार सम्मेलन...
मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले गरे दुई देशको समृद्धिको कामना

मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले गरे दुई देशको समृद्धिको कामना

७ मंसिर, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल र भारतबीचको विश्वास हिमालझैँ अग्लो र सहकार्य नदीझैँ निरन्तर बगिरहन...
बालेनको भारत भ्रमणमा ६ परियोजना अघि बढे, एक हस्तान्तरण र दुई उद्घाटन

बालेनको भारत भ्रमणमा ६ परियोजना अघि बढे, एक हस्तान्तरण र दुई उद्घाटन

७ मंसिर, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा कुल ६ वटा परियोजनाको शिलान्यास, उद्घाटन तथा हस्तान्त...
एमालेको ‘अपरेसन ऐना’ : गाली गर्नेका पोस्ट र तस्बिर सार्वजनिक

एमालेको ‘अपरेसन ऐना’ : गाली गर्नेका पोस्ट र तस्बिर सार्वजनिक

६ मंसिर, काठमाडौं — नेकपा एमालेले सामाजिक सञ्जालमा पार्टी र नेताहरूलाई लक्षित गरी लेखिएका टिप्पणी तथा गालीगलौज सार्वजनिक गर्न ‘अपर...