राजावादी आन्दोलनको अराजकता निन्दनीय, दोषीलाई कारबाहीको माग: एमाले महासचिव पोखरेल

१६ चैत, काठमाडौं — सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादी आन्दोलन हिंसात्मक र अराजक भएको भन्दै आपराधिक गतिविधिमा संलग्न तथा त्यसका लागि निर्देशन दिनेहरूमाथि कडा कारबाहीको माग गरेका छन्। उनले आन्दोलनका नाममा नियोजित रूपमा आपराधिक समूह परिचालित गरिएको दाबी गर्दै पीडितलाई राज्यबाट उचित सम्बोधन आवश्यक रहेको बताएका छन्।

शनिबार पोखरेलले भने, जनतालाई आतंकित बनाउने, आपराधिक घटनामा संलग्न हुने त्यसलाई उक्साउने तथा निर्देशन दिने सबैलाई अविलम्ब कानुनी दायरामा ल्याउनुपर्छ।

उनले शुक्रबार राजधानीमा भएका दुई छुट्टाछुट्टै प्रदर्शनको तुलनात्मक समीक्षा गर्दै समाजवादी मोर्चाको प्रदर्शन शान्तिपूर्ण र सन्देशमूलक रहेको बताए। विपरीत रूपमा राजावादीहरूको आन्दोलन उग्र, प्रतिशोधात्मक र अराजक बनेको भन्दै उनले यस प्रकारको हिंसात्मक गतिविधि कुनै पनि आन्दोलनको उचित माध्यम हुन नसक्ने स्पष्ट पारे।

व्यवस्थाको विकल्प दिनेहरू आन्दोलनका माध्यमबाट अपिल गर्न जनतासँग संवाद गर्न सक्षम हुनुपर्छ, तर राजावादीहरू त्यसमा पूर्णतः असफल भए,” पोखरेलले भने।

उनले राजावादीहरूको गतिविधिले निरंकुश राजतन्त्रको वास्तविकता देख्न नपाएको नयाँ पुस्तालाई त्यो समयमा भएको दमन र अन्यायबारे बुझ्ने अवसर दिएको तर्क गरे।

आजको युग लोकतन्त्रको युग हो, जहाँ जनचेतनाले समाजलाई अघि बढाउँछ। कसैको निहित स्वार्थ, प्रतिशोध वा गलत उद्देश्यले नेपाली समाजलाई प्रभावित पार्न सक्दैन भन्ने सन्देश पुनः स्पष्ट भएको ,” पोखरेलले थपे।

राजावादी आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधिप्रति सरकार तथा सरोकारवाला निकायले गम्भीर ध्यान दिनुपर्ने उनको धारणा छ। उनले कानूनी राज्यको प्रत्याभूति गर्न तथा नागरिकको सुरक्षालाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

रसुवा बाढीको असर धादिङसम्म, ६ जनाको शव फेला

रसुवा बाढीको असर धादिङसम्म, ६ जनाको शव फेला

१० भदौ, काठमाडौं — रसुवामा आएको बाढीमा परेकामध्ये ६ जनाको शव धादिङमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बुधबार ...
सीको निर्देशन : नेपाल–चीन सीमावर्ती क्षेत्रमा बाढीपहिरोमा बेपत्ताको खोजी गर

सीको निर्देशन : नेपाल–चीन सीमावर्ती क्षेत्रमा बाढीपहिरोमा बेपत्ताको खोजी गर

१० भदौ, काठमाडौं — चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्...
रसुवामा बाढी : झन्डै ४ सय पर्यटक सम्पर्कविहीन

रसुवामा बाढी : झन्डै ४ सय पर्यटक सम्पर्कविहीन

१० भदौ, काठमाडौं — रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ जना आन्तरिक तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल...
तिब्बततर्फबाट आएको बाढीले टिमुरे बजारमा क्षति

तिब्बततर्फबाट आएको बाढीले टिमुरे बजारमा क्षति

१० भदौ, काठमाडौं — तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्या...