राष्ट्रिय सूचना बेच्नेहरू सदनमै रहेको कुरा पुष्टि गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

८ जेठ, काठमाडौं  – मंगलबार प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सहमहामन्त्री एवम् सांसद बद्री पाण्डेले आफूहरूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ ।

प्रतिनिधिसभा बैठकमा कांग्रेस नेताहरूमाथि निराधार आरोप लगाएको उल्लेख गर्दै सांसद पाण्डेले भने, ‘हाम्रो पार्टीका उपसभापति र महामन्त्रीमाथि लाञ्छना लगाउनु भएको छ । उपसभापति र महामन्त्रीको नाम किटेर छानबिनको समय पनि तोक्नुहोस् । उहाँहरू दोषी देखिनुभयो भने । कारबाही गर्नुहोस् ।’

गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधिसभामा त्रिचन्द्र कलेजको पार्क निर्माण, त्रिविको वेबसाइट डिजाइन, बाख्रा पालन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति, रातो पासपोर्ट, वाइडबडी जहाज, नक्कली भुटानी शरणार्थी, टीकापुरको जग्गा, देशका संवेदनशील सूचना विदेशीलाई बेचेको प्रसंग उठाएका थिए । उनले भनेका थिए, ‘के हामीले यस्ता विषयमा पनि छानबिन गर्नुपर्ने हो ? आज ममाथि छानबिन हुने हो भने यी विषयमा पनि छानबिन किन नहुने ?’ यही विषयमा छानबिन गरेर प्रमाणित गर्न कांग्रेस सांसद पाण्डेले गृहमन्त्री लामिछानेलाई चुनौती दिएका हुन् । पाण्डेले राष्ट्रिय सूचना बेच्नेहरू सदनमै रहेको कुरा पुष्टि गर्न पनि पनि गृहमन्त्री लामिछानेलाई चुनौती दिए ।

‘राष्ट्रिय सूचना बेच्ने एजेन्टहरू यही सदनमा छन् भन्ने आरोप लगाउनुभयो । को हो छ त्यो ? उहाँलाई गलहत्याउन हामी साथ दिन्छौँ । यदि त्यसो नभए तपाईंलाई गलहत्याउनेछौं,’ पाण्डेले भने ।

सहकारी पीडितहरूको बचत फिर्ताका लागि संसदीय छानबिन समितिको क्षेत्राधिकारबारे कांग्रेसको अडान कायमै रहेको समेत पाण्डेले बताए । सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नता सीबीआईलगायतका प्रतिवेदनले प्रमाणित भएको समेत पाण्डेले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...