८ मंसिर, काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा विभिन्न ६ वटा एजेन्डामाथि छलफल हुने कांग्रेसले जनाएको छ।
कांग्रेसका अनुसार बैठकमा संगठनको आगामी कार्यभार र ‘हामी तयार छौं’ अभियान, भोटेकोशी तथा बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना र पुनर्निर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापनलगायत नागरिक सरोकारका विषयमा छलफल हुनेछ।
त्यसैगरी, सरकारका पछिल्ला गतिविधि, स्थानीय निर्वाचनबारे प्रारम्भिक छलफल र विविध विषय पनि बैठकका एजेन्डामा समेटिएका छन्।
बैठकमा धारणा राख्ने प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय निर्धारण गरिएको छ।



