२०८३ मंसिर ९
२०८३ मंसिर ९
८ मंसिर, काठमाडौं — पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो। केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार ताप्लेजुङको ओलाङचुङगोला नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो। उक्त क्षेत्र तिब्बतसँग जोडिएको छ। भूकम्पको धक्का कोशी प्रदेशका केही जिल्लामा समेत महसुस गरिएको छ। भूकम्पबाट क्षति भए/नभएको विवरण भने प्राप्त भइसकेको छैन। यता, अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भने भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम राज्यस्थित मंगन क्षेत्रबाट करिब ६७ किलोमिटर टाढा रहेको जनाएको छ। यूएसजीएसका अनुसार भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो।