सुनुवाइ समितिमा हतारोबारे प्रश्न

Advertisement

५ जेठ, काठमाडौं — प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध परेका उजुरीबारे अध्ययन गर्न विपक्षी दलहरूले थप समय माग गरेका छन् । सोमबार बसेको सुनुवाइ समितिको बैठकमा विपक्षी सदस्यहरूले यस्तो माग गरेका हुन् ।

बैठकमा नेकपाका नेता तथा समिति सदस्य वर्षमान पुनले निर्णयको दिशा लगभग पहिल्यै स्पष्ट देखिएको भए पनि प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

उनले भने, “हामी कार्यपालिकाको निर्णयसँग असहमत हुनकै लागि बसेका होइनौं । संवैधानिक परिषद्मा तीनवटै अंग र विपक्षीको पनि सहभागिता हुन्छ । त्यसैले प्रक्रिया पूरा गरेर अघि बढौं । कामलाई अनावश्यक ढिला पनि नगरौं, तर अध्ययनका लागि केही समय आवश्यक छ ।”

उनले नीति तथा कार्यक्रम एकै दिन सकिएको प्रसंग उल्लेख गर्दै प्रधानन्यायाधीशले आगामी ६ वर्ष गर्ने कामको कार्ययोजना पनि गम्भीर रूपमा अध्ययन गर्नुपर्ने बताएका छन् ।

“आज राम्रोसँग अध्ययन गरौं, त्यसपछि भोलिबाट सुनुवाइ प्रक्रिया अघि बढाउन सकिन्छ । अनुमोदनका लागि बहुमत भए पुग्छ, त्यसैले प्रक्रिया पूरा भएको देखिनु पनि आवश्यक छ,” उनले भने ।

एमाले नेतृ तथा समिति सदस्य पद्मा अर्यालले पनि पर्याप्त छलफल बिना एकै दिन सबै प्रक्रिया सकाउन खोज्दा प्रश्न उठ्न सक्ने बताइन् ।

उनका अनुसार हतारमा निर्णय गर्दा प्रक्रिया अपारदर्शी देखिन सक्छ ।

“बैठकअघि आज उजुरी वितरण मात्र होला भन्ने लागेको थियो । त्यसपछि अर्को दिन अध्ययन र छलफल गरेर सुनुवाइ हुने अपेक्षा थियो । तर यहाँ त आजै सबै सक्ने कुरा आयो,” उनले भनिन्, “यति हतार किन गर्नुपर्‍यो ? उजुरीकर्ताका कुरा पनि सुन्नुपर्छ । हामीलाई पनि अध्ययन गर्ने समय चाहिन्छ । यस्तो निर्णयले समितिको गरिमामाथि नै प्रश्न उठाउन सक्छ ।”

उनले आफूले आज मात्रै उजुरी प्राप्त गरेको भन्दै भोलि अध्ययन, त्यसको भोलिपल्ट छलफल गर्ने प्रस्ताव पनि राखिन् । एकै दिन हतारमा अनुमोदन गर्दा कार्यपालिकाको निर्णयलाई सीधै स्वीकार गरेको जस्तो देखिन सक्ने उनको भनाइ थियो ।

समितिका सदस्य प्रेमप्रसाद दंगालले पनि सुनुवाइ प्रक्रिया अत्यधिक हतारमा अघि बढाइएको भन्दै कार्ययोजना र उजुरी अध्ययन गर्न समय आवश्यक रहेको बताए ।

उनले भने, “१० बजे उजुरीकर्तासँग छलफल र साढे १ बजे सुनुवाइ राखिएको छ । यो निकै हतार भएको जस्तो लाग्यो । हामीलाई उजुरी र कार्ययोजना अध्ययन गर्न समय चाहिन्छ । आवश्यक परे भोलि बिहानै बैठक बस्न सक्छौं ।”

अर्का सदस्य नरबहादुर बिष्टले पनि हतारमा काम गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले व्यंग्य गर्दै समितिको नाम नै ‘अनुमोदन समिति’ राख्न सुझाव दिए ।

“यो कस्तो हतार हो ? यो कस्तो नयाँ अभ्यास हो ? जे पनि गर्न मिल्ने हो कि ?” उनले भने, “बरु यसको नाम अनुमोदन समिति नै राखौं ।”

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बालेनको भारत भ्रमणमा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा

बालेनको भारत भ्रमणमा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा

४० अर्ब रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आज आयोजित संयुक्त पत्रकार सम्मेलन...
मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले गरे दुई देशको समृद्धिको कामना

मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले गरे दुई देशको समृद्धिको कामना

७ मंसिर, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल र भारतबीचको विश्वास हिमालझैँ अग्लो र सहकार्य नदीझैँ निरन्तर बगिरहन...
बालेनको भारत भ्रमणमा ६ परियोजना अघि बढे, एक हस्तान्तरण र दुई उद्घाटन

बालेनको भारत भ्रमणमा ६ परियोजना अघि बढे, एक हस्तान्तरण र दुई उद्घाटन

७ मंसिर, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा कुल ६ वटा परियोजनाको शिलान्यास, उद्घाटन तथा हस्तान्त...
एमालेको ‘अपरेसन ऐना’ : गाली गर्नेका पोस्ट र तस्बिर सार्वजनिक

एमालेको ‘अपरेसन ऐना’ : गाली गर्नेका पोस्ट र तस्बिर सार्वजनिक

६ मंसिर, काठमाडौं — नेकपा एमालेले सामाजिक सञ्जालमा पार्टी र नेताहरूलाई लक्षित गरी लेखिएका टिप्पणी तथा गालीगलौज सार्वजनिक गर्न ‘अपर...