मेरो ध्यान चुनाव सम्पन्न गराउनमै केन्द्रित छ: सञ्चारमन्त्री खरेल

२३ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमा उम्मेदवारी दिने विषयमा आफूले अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने चर्चा चलिरहेका बेला उनले यसबारे निर्णय नलिएको बताएका हुन् ।

बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान निर्वाचन सम्पन्न गराउन केन्द्रित रहेको बताए । उनले भने, आफूले चुनाव लड्ने वा नलड्नेबारे कुनै निर्णय नगरेको र अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीमा प्रवेश नगरेको स्पष्ट पारे । कुनै दलसँग वार्ता, छलफल वा आवद्ध हुने घोषणा नगरेको समेत उनको भनाइ थियो ।

मन्त्री खरेलले हाल अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारले चुनाव गराउनमै ध्यान दिएको बताए । निर्वाचनमा उठ्ने विषयमा कुनै पार्टीसँग छलफल नगरेको अवस्थालाई लिएर सञ्चार माध्यमहरूमा आएका समाचारप्रति उनले असन्तुष्टि व्यक्त गर्दै, आफूले चुनाव लड्ने वा नलड्नेबारे कुनै निर्णय नगरेको तथ्य दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

रिहापछि ओलीले दिए धन्यवाद, सरकारमाथि प्रतिशोधको आरोप

रिहापछि ओलीले दिए धन्यवाद, सरकारमाथि प्रतिशोधको आरोप

२६ चैत, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग मुद्दा दायर गर्न आवश्यक प्रमाण र आधार नपुगेपछि आफू रिहा भएको बत...
जिम्मा जमानीमा छाडिने तयारी, ओली रिहाइ प्रक्रिया सुरु

जिम्मा जमानीमा छाडिने तयारी, ओली रिहाइ प्रक्रिया सुरु

२६ चैत, काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रिहा हुने भएका छन्। प्रहरी स्रोतका अनुसार उनलाई ...
वर्षाले बिग्रियो सडक अवस्था, दाउन्ने खण्डमा जाम

वर्षाले बिग्रियो सडक अवस्था, दाउन्ने खण्डमा जाम

२६ चैत, काठमाडौं — निरन्तर वर्षाका कारण बुटवल–नारायणगढ सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपर...
सभामुखले तोके उपसभामुख निर्वाचनको मिति

सभामुखले तोके उपसभामुख निर्वाचनको मिति

२५ चैत, काठमाडौं — प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचन चैत २७ गते हुने तय गरिएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामु...