भत्काउने बानीले देश निर्माण हुँदैन : ओली

२३ पुस, काठमाडौं — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भत्काउने कामबाट मात्रै देश नबन्ने बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

हेटौंडामा सरकारले घर भत्काएको घटनाप्रति आपत्ति जनाउँदै ओलीले वर्तमान सरकारलाई भत्काउने काममै केन्द्रित भएको आरोप लगाए । उनका अनुसार सरकारले निर्वाचन गराउने र त्यसको वातावरण बनाउनेतर्फ ध्यान दिनुपर्नेमा घर भत्काउने कार्य गरिरहेको छ ।

‘यो सरकारले के गर्‍यो ? हेटौंडामा घर भत्काउनु नै यसको काम हो ? चुनाव गराउनु पर्दैन ? चुनावको वातावरण बनाउनु पर्दैन ? हेटौंडामा घर भत्कायो, आधा भत्कायो, आधा बाँकी छ,’ ओलीले भने, ‘भत्काउने बानी परिसकेको छ । भत्काउनेको निर्देशनमा जे पनि भत्काउन थालेको छ । सरकार भत्काएको, लोकतन्त्र भत्काएको, संविधान भत्काएको, हेटौंडामा भत्काएको, सुकुम्बासी बस्ती भत्काएको, यो सबै भत्काउने काम हो ।’

ओलीले देश निर्माणका लागि सही सोच र विवेक भएको नेतृत्व आवश्यक रहेको पनि उल्लेख गरे । ‘भत्काएर मात्र देश बन्दैन । देश बनाउनुपर्छ । त्यसका लागि दिमाग ठिक ठाउँमा भएका मानिस चाहिन्छन् । उन्माद र नशामा देश बन्न सक्दैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

रिहापछि ओलीले दिए धन्यवाद, सरकारमाथि प्रतिशोधको आरोप

रिहापछि ओलीले दिए धन्यवाद, सरकारमाथि प्रतिशोधको आरोप

२६ चैत, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग मुद्दा दायर गर्न आवश्यक प्रमाण र आधार नपुगेपछि आफू रिहा भएको बत...
जिम्मा जमानीमा छाडिने तयारी, ओली रिहाइ प्रक्रिया सुरु

जिम्मा जमानीमा छाडिने तयारी, ओली रिहाइ प्रक्रिया सुरु

२६ चैत, काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रिहा हुने भएका छन्। प्रहरी स्रोतका अनुसार उनलाई ...
वर्षाले बिग्रियो सडक अवस्था, दाउन्ने खण्डमा जाम

वर्षाले बिग्रियो सडक अवस्था, दाउन्ने खण्डमा जाम

२६ चैत, काठमाडौं — निरन्तर वर्षाका कारण बुटवल–नारायणगढ सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपर...
सभामुखले तोके उपसभामुख निर्वाचनको मिति

सभामुखले तोके उपसभामुख निर्वाचनको मिति

२५ चैत, काठमाडौं — प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचन चैत २७ गते हुने तय गरिएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामु...