वरिष्ठताको परम्परा तोडेर सिफारिस भएका शर्मा अनुमोदित

Advertisement

५ जेठ, काठमाडौं — डा. मनोज शर्माको नाम प्रधानन्यायाधीश पदका लागि सर्वसम्मत रूपमा अनुमोदन भएको छ । मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो ।

समितिले मंगलबार नै उनको सुनुवाइ प्रक्रिया सम्पन्न गरेको थियो । सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीश पदका लागि शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

अब समितिबाट अनुमोदन भएपछि संसद् सचिवालयले यसबारे राष्ट्रपति कार्यालयलाई जानकारी पठाउनेछ । त्यसपछि उनको औपचारिक नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।

यसअघि संवैधानिक परिषद्ले न्याय परिषद्बाट सिफारिस भएका ६ जनाको सूचीमध्ये सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश मनोज शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।

तर संवैधानिक परिषद्ले विगतदेखि चल्दै आएको वरिष्ठताको परम्परा तोड्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठेको भन्दै नेपाल बार लगायतका संस्थाहरूले विरोध गर्दै आएका छन् ।

सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल पनि प्रधानन्यायाधीश बन्ने अपेक्षामा रहेको बताइएको छ ।

यसैबीच सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई अनुमोदन गर्न सहज हुने व्यवस्था गरेको आरोप पनि लागेको छ ।

६ सदस्यीय संवैधानिक परिषद्मा तीन सदस्यको निर्णयले पनि निर्णय मान्य हुने व्यवस्था अध्यादेशमा समावेश गरिएको थियो । सोही अध्यादेश लागू भएपछि परिषद्को बैठक बसेर मनोज शर्माको नाम सिफारिस गरिएको थियो ।

शर्माको नाम सिफारिस गर्ने निर्णयमा प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले असहमति जनाएका थिए ।

दुई सदस्यको असहमतिका बाबजुद पनि संवैधानिक परिषद्ले शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बालेनको भारत भ्रमणमा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा

बालेनको भारत भ्रमणमा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा

४० अर्ब रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आज आयोजित संयुक्त पत्रकार सम्मेलन...
मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले गरे दुई देशको समृद्धिको कामना

मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै बालेनले गरे दुई देशको समृद्धिको कामना

७ मंसिर, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल र भारतबीचको विश्वास हिमालझैँ अग्लो र सहकार्य नदीझैँ निरन्तर बगिरहन...
बालेनको भारत भ्रमणमा ६ परियोजना अघि बढे, एक हस्तान्तरण र दुई उद्घाटन

बालेनको भारत भ्रमणमा ६ परियोजना अघि बढे, एक हस्तान्तरण र दुई उद्घाटन

७ मंसिर, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा कुल ६ वटा परियोजनाको शिलान्यास, उद्घाटन तथा हस्तान्त...
एमालेको ‘अपरेसन ऐना’ : गाली गर्नेका पोस्ट र तस्बिर सार्वजनिक

एमालेको ‘अपरेसन ऐना’ : गाली गर्नेका पोस्ट र तस्बिर सार्वजनिक

६ मंसिर, काठमाडौं — नेकपा एमालेले सामाजिक सञ्जालमा पार्टी र नेताहरूलाई लक्षित गरी लेखिएका टिप्पणी तथा गालीगलौज सार्वजनिक गर्न ‘अपर...