चक्रवातको प्रभावले देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने

Advertisement

११ कात्तिक, काठमाडौं — बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ भारतको जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै जाने पूर्वानुमान गरिएको छ। यद्यपि, यसको प्रभावले नेपालमा भारी वर्षा र हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

मौसमविद् विनोद पोखरेलका अनुसार चक्रवात नेपालसम्म आइपुग्दा समुद्री चक्रवातको जस्तो तीव्रतामा रहने छैन। तर, यसले ल्याउने ओसिलो हावा र पश्चिमी वायुसँग सम्बन्धित माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखाबीचको अन्तरक्रियाका कारण भारी वर्षा हुन सक्ने सम्भावना छ।

“अहिलेको पूर्वानुमानअनुसार लुम्बिनी र गण्डकीदेखि कोसीसम्मका धेरै जिल्लामा भारी वर्षाको सम्भावना छ,” मौसमविद् पोखरेलले भने, “विशेषगरी बिहीबार साँझदेखि शनिबार बिहानसम्मको करिब ३६ घण्टा बढी सचेत रहनुपर्ने देखिन्छ।”

उनका अनुसार वर्षा हुने स्थान, समय र मात्रामा भने परिवर्तन हुन सक्छ।

यसैबीच, चक्रवात ‘अर्नब’को प्रभावले कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरी आउन सक्ने सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले सूचना जारी गर्दै कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानअनुसार चक्रवात ‘अर्नब’को प्रभाव शुक्रबार, कात्तिक १३ गतेदेखि नेपालमा पर्न सक्ने अनुमान गरिएको छ।

यसको प्रभावबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षा हुन सक्नेछ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको प्राधिकरणले जनाएको छ।

सम्भावित विपद्बाट जोगिन प्राधिकरणले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी र खोलाका किनार एवं बाढीको जोखिम भएका क्षेत्रमा नबस्न अनुरोध गरेको छ।

त्यसैगरी, मौसम पूर्वानुमान र आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न तथा विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि प्राधिकरणले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

चक्रवातको प्रभावले देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने

चक्रवातको प्रभावले देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने

११ कात्तिक, काठमाडौं — बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ भारतको जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै जाने पूर्वानुम...
एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

१० कात्तिक, काठमाडौं — नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो प्रभाव र सामर्थ्य प्रदर...
गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

१० कात्तिक, काठमाडौं — सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा ...
मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

१० कात्तिक, काठमाडौं — ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत वि...