अष्ट्रेलियाको कडा निर्णयः १६ वर्षमुनिकालाई अब सामाजिक सञ्जालमा प्रवेश निषेध

२५ मंसिर, काठमाडौं — अष्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने नयाँ नियम कार्यान्वयनमा ल्याएको छ।

अब फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, युट्युबसहितका प्लेटफर्मले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको खाता खोल्न नदिनुका साथै सक्रिय खाता पनि बन्द गर्नुपर्नेछ। नियम नमान्ने कम्पनीमाथि कडा जरिवाना लगाइने चेतावनी सरकारले दिएको छ।

अष्ट्रेलियाली सरकारले बालबालिकाको मानसिक स्वास्थ्यमा परेको असर, साइबर दुव्र्यवहार र बढ्दो अनलाइन जोखिमका कारण यो कदम चालिएको जनाएको छ। प्रधानमन्त्री एन्टोनी आल्बानेजेले सामाजिक सञ्जालले कम उमेरका प्रयोगकर्तालाई गम्भीर रूपमा प्रभावित गर्न थालेपछि नियन्त्रण अनिवार्य भएको बताए।

नयाँ नियमले कम्पनीहरूलाई प्रयोगकर्ताको उमेर जाँच गर्ने प्रणाली अनिवार्य बनाएको छ। उमेर प्रमाणित गर्न नसकिएका बालबालिकाको खाता खोल्न नपाइने र सक्रिय खाता पनि बन्द गर्नुपर्ने व्यवस्था छ। सरकारले प्लेटफर्महरूलाई नियमित रूपमा निरीक्षण र समीक्षा गर्ने जनाएको छ।

तर नियम लागू भएको पहिलो दिनमै कमजोरी देखिएको अष्ट्रेलियाली मिडियाले उल्लेख गरेका छन्। केही प्लेटफर्ममा १६ वर्षमुनिका प्रयोगकर्ताले अझै पनि खाता खोल्न सक्ने अवस्था रहेको रिपोर्ट सार्वजनिक भएको छ। सरकारले यस्तो कमजोरी देखिने सबै प्लेटफर्मलाई कडाइका साथ कारबाही गर्ने चेतावनी दिएकोछ ।

यो कदमको अष्ट्रेलियामा जनतादेखि राजनीतिक नेतृत्वसम्ममा व्यापक रूपमा स्वागत भएको छ। तर केही विज्ञले अत्यधिक प्रतिबन्धले किशोर–किशोरीलाई अझ अनियन्त्रित र निगरानीबाहिरका डिजिटल माध्यमतर्फ धकेल्न सक्ने भनाइसमेत राखेका छन्।

अष्ट्रेलियाको यो नीति विश्वका अन्य मुलुकले पनि चासोका साथ हेरिरहेका छन्। फ्रान्स, डेनमार्क, माल्दिभ्स र मलेशियाले बालबालिकाका लागि सामाजिक सञ्जाल नियम कडाइ गर्ने योजना बनाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

२७ वर्षमै विश्वकपका ऐतिहासिक उपलब्धि हासिल गर्दै एमबाप्पे

२७ वर्षमै विश्वकपका ऐतिहासिक उपलब्धि हासिल गर्दै एमबाप्पे

२६ असार, काठमाडौं — फ्रान्सका कप्तान किलियन एमबाप्पे फिफा विश्वकपमा सबैभन्दा छिटो २० गोल पूरा गर्ने खेलाडी बनेका छन्। साथै, उनी वि...
बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र जग्गा रहेको प्रतिवेदन

२६ असार, काठमाडौं — पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको अवस्था अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन नगर प्र...
सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी

२५ असार, काठमाडौं — सरकारले चार वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘...
विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

विरोधको शैली परिवर्तन गर्न सभामुख अर्यालको आग्रह

२५ असार, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले संसद्मा विरोध गर्ने शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त...