२०८३ श्रावण २५
२०८३ श्रावण २५
२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर असन्तुष्टि जनाएको छ। अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा एनसेलका चिफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठले लगानीकर्तामाथि धरपकड र फौजदारी मुद्दा चलाउने वातावरणले मुलुकमा लगानीको सुरक्षामाथि नै प्रश्न उठाएको बताएका हुन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार नेपालमा क्रियाशील बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग गरेको छलफलमा श्रेष्ठले आफूहरू पछिल्लो परिस्थितिको ‘पीडित’ बनेको गुनासो गरे। बैंक तथा वित्तीय संस्थाले नियमानुसार अघि बढाएको लिलामी प्रक्रियामा सहभागी भएकै कारण एनसेलका लगानीकर्तालाई धरपकड र कानुनी झमेलामा पार्ने प्रयास भइरहेको खबरले स्तब्ध बनाएको उनको भनाइ थियो। "हामी नियमसंगत रूपमा लिलामी प्रक्रियामा…