शिक्षा क्षेत्रमा सुधारका लागि राष्ट्रिय पाठ्यक्रम संशोधन गरिने

४ असार, काठमाडौं — सरकारले विद्यालय शिक्षा राष्ट्रिय पाठ्यक्रमको प्रारूप परिमार्जन प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा राष्ट्रिय पाठ्यक्रमको प्रारूप संशोधनका लागि कार्यदल गठन गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिए।

आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पोखरेलले यसबारे जानकारी गराएका हुन्।

उनका अनुसार पाठ्यक्रमको प्रारूप परिमार्जन गरी कार्यान्वयनमा ल्याएपछि विद्यालय शिक्षा क्षेत्रमा सुधार आउने सरकारको विश्वास छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...
सरकार गठनको दौडबाट बाहिरियो राप्रपा

सरकार गठनको दौडबाट बाहिरियो राप्रपा

२२ साउन, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको सत्ता समीकरणको गणितीय खेलमा सहभागी नहुने निर्णय गरेक...
तातोपानी भन्सार क्षेत्रमा पहिरो

तातोपानी भन्सार क्षेत्रमा पहिरो

२२ साउन, काठमाडौं — सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बलको स...
ग्वार्को दुर्घटनामा एकको मृत्यु, घाइतेहरूको उपचार जारी

ग्वार्को दुर्घटनामा एकको मृत्यु, घाइतेहरूको उपचार जारी

२१ साउन, काठमाडौं — ललितपुरको ग्वार्कोमा बिहीबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। जिल्ल...