‘पिक आवर’मा विद्युत् माग ३,२४८ मेगावाट पुग्यो

११ साउन, काठमाडौं — नेपालमा विद्युत्को कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट प्रतिघण्टा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल भारतबाट कुनै पनि विद्युत् आयात गरिएको छैन।

प्राधिकरणले अहिले २२ हजार १०२ मेगावाट प्रतिघण्टा विद्युत् निर्यात गरिरहेको जनाएको छ।

प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उत्पादकहरूले ४७ हजार ५६३ मेगावाट प्रतिघण्टा विद्युत् आपूर्ति गरेका छन्। त्यस्तै, प्राधिकरणका सहायक कम्पनीबाट १७ हजार १०८ मेगावाट प्रतिघण्टा र प्राधिकरणका आफ्नै आयोजनाबाट आठ हजार ९५९ मेगावाट प्रतिघण्टा बराबर विद्युत् उपलब्ध भएको छ।

प्राधिकरणका अनुसार राष्ट्रिय विद्युत् माग ५१ हजार ५२७ मेगावाट प्रतिघण्टा रहेको छ। साँझको ‘पिक आवर’ अर्थात् उच्च खपत हुने समयमा अधिकतम माग तीन हजार २४८ मेगावाट पुगेको छ।

हाल देशभर वर्षाका कारण विद्युत् आपूर्तिमा कुनै अवरोध नरहेको प्राधिकरणले जनाएको छ। साथै, कुनै स्थानमा समस्या देखिए तत्काल मर्मत गर्न आवश्यक प्राविधिक जनशक्ति तयारी अवस्थामा राखिएको पनि प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार सातवटै प्रदेश कार्यालय तथा काठमाडौंमा मर्मत टोली परिचालनका लागि तयारी अवस्थामा छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थितिको माग

राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थितिको माग

१५ साउन, काठमाडौं — सुनसरी घटनाको विषयलाई लिएर राष्ट्रिय सभामा पनि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको उपस्थितिको मा...
प्रधानमन्त्रीलाई मधेशका नेताहरूको सुझाव– ‘सम्झौता कार्यान्वयन गर्नुस्, रद्दीको टोकरीमा नफाल्नुस्’

प्रधानमन्त्रीलाई मधेशका नेताहरूको सुझाव– ‘सम्झौता कार्यान्वयन गर्नुस्, रद्दीको टोकरीमा नफाल्नुस्’

१५ साउन, काठमाडौं — मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले सरकारले गरेका सम्झौताहरू कार्यान्वयन गर्न आग्रह गर्दै ती सम्झौताहरू विग...
मधेसमा तनाव बढ्दै, सिरहामा अनिश्चितकालीन कर्फ्यु

मधेसमा तनाव बढ्दै, सिरहामा अनिश्चितकालीन कर्फ्यु

१४ साउन, काठमाडौं — सिरहा जिल्लामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार (साउन १४) दिउ...
सुनसरी घटनाको विरोधमा विराटनगरमा नाराबाजी

सुनसरी घटनाको विरोधमा विराटनगरमा नाराबाजी

१४ साउन, काठमाडौं — सुनसरीको देवानगञ्ज घटनाको विरोधमा विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन गरिएको छ। प्रदर्शनक...