प्रधानमन्त्रीस्तरको निर्णयबाट पौडेललाई उपकुलपतिको जिम्मेवारी

५ जेठ, काठमाडौं — नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्राध्यापक सुधनकुमार पौडेललाई दिइएको छ ।

नेपाल सरकारको प्रधानमन्त्री तथा कुलपतिस्तरबाट बुधबार भएको निर्णयअनुसार अर्को उपकुलपति नियुक्त नभएसम्मका लागि पौडेललाई उक्त जिम्मेवारी दिइएको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयले बिहीबार पत्रमार्फत उनलाई जिम्मेवारीबारे जानकारी गराएको छ । मन्त्रालयका सचिव चुडामणि पौडेलले पठाएको पत्रमा विश्वविद्यालयको दैनिक कार्य सञ्चालनका लागि उपकुलपतिको जिम्मेवारी तोकिएको उल्लेख गरिएको छ ।

प्राध्यापक पौडेल यसअघि नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी दुई कार्यकालसम्म सम्हालिसकेका छन् ।

जिम्मेवारी सम्बन्धी पत्र प्राप्त भएसँगै आफूले विश्वविद्यालयको दैनिक कार्य सञ्चालनको जिम्मेवारी सम्हाल्न थालेको पौडेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

८ साउन, काठमाडौं — नेपालको दूरसञ्चार क्षेत्र, विदेशी लगानीको वातावरण र १ करोड ४० लाखभन्दा बढी सेवाग्राहीको निरन्तरतालाई ध्यानमा रा...
भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

४ साउन, काठमाडौं — सरकारले ६६ स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई अन्तिमपटक निवेदन दिन आह्वान ग...
प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

३ साउन, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिल...
एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

३ साउन, काठमाडौं — फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका स्टार फर...