२० साउन, काठमाडौं — प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्ने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक प्रकाशचन्द्र परियारका अनुसार बैठक दिउँसो १ बजे सिंहदरबारमा आयोजना हुनेछ।
बैठकमा प्रतिनिधि सभाको आगामी कार्यतालिकाबारे छलफल गरिने कार्यसूची रहेको छ।
प्रतिनिधि सभाको अर्को बैठक भने साउन २२ गते बस्ने तय गरिएको छ।



