बयानबारे अझै टुंगो छैन, पत्र आएपछि निर्णय गर्छु : रमेश लेखक

८ पुस, काठमाडौं — जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका रमेश लेखकले सरकारले गठन गरेको जाँचबुझ आयोगबाट बयानका लागि बोलाइएको पत्र आफूले अहिलेसम्म नपाएको बताएका छन्।

 “बयान दिन जानुहुन्छ कि हुन्न?” भन्ने प्रश्नमा लेखकले त्यस विषयमा कुनै निर्णय नलिएको प्रतिक्रिया दिए।

जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि उपस्थित हुन अनुरोध गर्दै पत्र पठाएको थियो। आयोगका अध्यक्ष तथा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले लेखकलाई बोलाउने उद्देश्यले पत्र लेखिएको जानकारी दिए।

भदौ २३ र २४ गते जेनजी आन्दोलन भइरहँदा लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए। आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति तत्कालीन गृहमन्त्री भएकाले लेखक जवाफदेही हुनुपर्ने माग उठ्दै आएको छ।

यसैबीच, आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको भए पनि हालसम्म पत्र पठाइएको छैन।

जेनजी आन्दोलनका क्रममा भएको बल प्रयोगसहितका घटनाको छानबिन गर्न सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो। आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्। आयोगको कार्यकाल सुरुमा तीन महिना तोकिएको थियो तर सो अवधिमा काम नसकिएपछि मन्त्रिपरिषद् बैठकले एक महिना थप गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

८ साउन, काठमाडौं — नेपालको दूरसञ्चार क्षेत्र, विदेशी लगानीको वातावरण र १ करोड ४० लाखभन्दा बढी सेवाग्राहीको निरन्तरतालाई ध्यानमा रा...
भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

४ साउन, काठमाडौं — सरकारले ६६ स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई अन्तिमपटक निवेदन दिन आह्वान ग...
प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

३ साउन, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिल...
एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

३ साउन, काठमाडौं — फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका स्टार फर...