वर्षाले बिग्रियो सडक अवस्था, दाउन्ने खण्डमा जाम

Advertisement

२६ चैत, काठमाडौं — निरन्तर वर्षाका कारण बुटवल–नारायणगढ सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने क्षेत्रमा सडक हिलो र अत्यधिक चिप्लो बनेपछि आवतजावत पूर्ण रूपमा ठप्प भएको हो।

दाउन्ने क्षेत्रको घिउखोला र विश्वकर्मा मन्दिर आसपास वर्षाका कारण सडक बिग्रिएर सवारीसाधन फसेपछि यातायात सञ्चालन रोकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्।

बुधबार दिउँसोदेखि लगातार परेको पानीका कारण सडकको अवस्था झन् बिग्रिएको छ, जसले गर्दा सवारीसाधन चिप्लिने र जाम हुने समस्या बढेको छ। उनका अनुसार, लगातार सिमसिम पानी परिरहेकाले दाउन्ने उकालोमा सवारीसाधन सञ्चालन गर्न कठिन भइरहेको छ र हिलोका कारण धेरै सवारी फसेका छन्। अहिले मालवाहक सवारीसाधनलाई अरुणखोला क्षेत्रमा रोकिएको छ।

सडकको अवस्था सुधार गर्न दाउन्ने खण्डमा ग्राभेल हाल्ने काम भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ। तर, यस सडक विस्तार आयोजना अन्तर्गत दाउन्ने क्षेत्रमा निर्माण कार्य सम्पन्न नभएकाले सामान्य वर्षामा पनि यस्तो समस्या दोहोरिने गरेको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

टस जितेर काठमान्डुले गर्‍यो बलिङको निर्णय

टस जितेर काठमान्डुले गर्‍यो बलिङको निर्णय

२७ कात्तिक, काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबी...
१४ जनाको मृत्यु भएको भीमफेदी दुर्घटनापछि शव बुझ्न मानेनन् आफन्तले

१४ जनाको मृत्यु भएको भीमफेदी दुर्घटनापछि शव बुझ्न मानेनन् आफन्तले

२७ कात्तिक, काठमाडौं — मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएकाहरूक...
नियन्त्रित ट्रक ठोक्किँदा यूएईमा २३ सवारीसाधन दुर्घटनामा

नियन्त्रित ट्रक ठोक्किँदा यूएईमा २३ सवारीसाधन दुर्घटनामा

२७ कात्तिक, काठमाडौं — संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा भएको ठूलो सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते...
सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट लिएर पुगे कार्की

सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट लिएर पुगे कार्की

१९ कात्तिक, काठमाडौं — आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको भन्दै निवर्तमान आईजीपी दानबहादुर कार्की सर्वोच्च अदालत पुग...