१८ कात्तिक, काठमाडौं — भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।
उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
विदेश सचिव मिश्रीको नेपाल भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका क्रममा भएको हो।
स्रोतका अनुसार उनले आजैदेखि विभिन्न भेटघाट सुरु गर्नेछन्। उनको कार्यक्रम तालिकामा प्रधानमन्त्री शाहसँग भेट गर्ने कार्यक्रमसमेत रहेको छ।
भारतीय विदेश सचिव मिश्री भोलि काठमाडौंबाट नयाँदिल्ली फर्किने कार्यक्रम रहेको छ।



