बझाङमा जिप दुर्घटना : दुईको मृत्यु, पाँच गम्भीर

Advertisement

१८ कात्तिक, काठमाडौं — बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बुधबार बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरकी २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी गम्भीर घाइते भएका छन्।

केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी भने मध्यम घाइते भएकी छन्।

स्थानीयले घाइतेहरूको उद्धार गरी अस्पतालतर्फ ल्याइरहेका छन्। घटनास्थल पुग्न प्रहरीलाई करिब तीन घण्टा लाग्ने डीएसपी जोराले बताए। प्रहरी टोली घटनास्थलतर्फ हिँडिसकेको छ।

प्रहरीका अनुसार बुगल नगरपालिका–२ का करिब ३१ वर्षीय मोहन धामीले चलाएको उक्त जिप भित्री सडकखण्डमा ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

तेस्रो वरियताबाट नेपाल प्रहरीको आईजीपी बनेका डा. मनोज केसी

तेस्रो वरियताबाट नेपाल प्रहरीको आईजीपी बनेका डा. मनोज केसी

१८ कात्तिक, काठमाडौं — सरकारले दानबहादुर कार्कीलाई जिम्मेवारीबाट मुक्त गरेपछि एआईजी डा. मनोज केसी नेपाल प्रहरीको ३४औँ प्रहरी महानि...
बझाङमा जिप दुर्घटना : दुईको मृत्यु, पाँच गम्भीर

बझाङमा जिप दुर्घटना : दुईको मृत्यु, पाँच गम्भीर

१८ कात्तिक, काठमाडौं — बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम...
भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, प्रधानमन्त्री शाहसँग भेट्ने

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, प्रधानमन्त्री शाहसँग भेट्ने

१८ कात्तिक, काठमाडौं — भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुव...
न्यायक्षेत्रका विवाद अध्ययन गर्न नेपाल बारले बनायो समिति

न्यायक्षेत्रका विवाद अध्ययन गर्न नेपाल बारले बनायो समिति

१७ कात्तिक, काठमाडौं — न्यायालय र न्यायक्षेत्रसँग सम्बन्धित पछिल्लो समय उठेका प्रश्न तथा टिप्पणीबारे अध्ययन गर्न नेपाल बार एसोसिएस...