२०८३ कार्तिक १९
२०८३ कार्तिक १९
१८ कात्तिक, काठमाडौं — सरकारले दानबहादुर कार्कीलाई जिम्मेवारीबाट मुक्त गरेपछि एआईजी डा. मनोज केसी नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षक (आईजीपी) बनेका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख रहेका एआईजी केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो। २७ चैत २०८४ सम्म कार्यकाल रहेका तत्कालीन आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै सरकारले केसीलाई नयाँ आईजीपी नियुक्त गरेको हो। कार्कीको अझै करिब डेढ वर्ष सेवा अवधि बाँकी रहँदै उनलाई हटाएर केसीलाई आईजीपी बनाउने निर्णय गरिएको छ। यसअघि पनि सरकारले २०५३ सालमा अच्युत कृष्ण खरेललाई आईजीपी पदबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेको थियो। तर, खरेल त्यहाँ…