रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी व्यक्ति घाइते भएका छन् । आइतबार भएको उक्त विस्फोटपछि रेलका तीन वटा डिब्बा पटरीबाट बाहिरिएका थिए भने दुई वटा डिब्बा पल्टिएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोट निकै शक्तिशाली थियो । विस्फोटका कारण रेलवे ट्र्याक नजिक पार्क गरिएका धेरै सवारीसाधनमा क्षति पुगेको छ भने आसपासका घरहरूमा पनि असर परेको बताइएको छ । घटनापछि सुरक्षाका लागि सेना र प्रहरी परिचालन गरिएको छ । तर अहिलेसम्म अधिकारीहरूले विस्फोटको कारण वा हताहतको विस्तृत विवरणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन् ।…
Read More
तेल आपूर्ति र युद्धबीचको नयाँ संकेत

तेल आपूर्ति र युद्धबीचको नयाँ संकेत

६ जेठ, काठमाडौं — तेल बोकेका दुई चिनियाँ पानीजहाज बुधबार स्ट्रेट अफ हर्मुज पार गरेपछि अमेरिका–इरानबीचको युद्ध चाँडै अन्त्य हुन सक्ने आशा बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार युद्ध ‘धेरै चाँडै’ अन्त्य हुन सक्ने बताएका थिए । त्यस्तै उपराष्ट्रपति जेडी भान्सले पनि इरानसँग भइरहेको वार्तामा प्रगति भइरहेको जानकारी दिएका थिए । यहीबीच इराकी तेल बोकेका दुई चिनियाँ जहाज हर्मुजबाट बाहिरिएपछि युद्ध अन्त्यतर्फ जान सक्ने संकेत देखिएको रोयटर्सले जनाएको छ । यस सकारात्मक संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको बताइएको छ । यसअघि ट्रम्पले इरानमाथि गर्ने भनिएको आक्रमणको योजना वार्तालाई थप अवसर दिन भन्दै रोकिएको बताएका…
Read More
युद्धविरामपछि पनि तनाव कायम, इरानलाई चेतावनी

युद्धविरामपछि पनि तनाव कायम, इरानलाई चेतावनी

६ वैशाख, काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘ब्ल्याकमेल’ अब नचल्ने बताएका छन्। शनिबार ह्वाइट हाउसस्थित ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले इरानले हर्मुज जलडमरूमध्य बन्द गरेर अमेरिका माथि दबाब सिर्जना गर्न खोजेको आरोप लगाउँदै अब यस्तो प्रयास सफल नहुने बताएका हुन्। उनले इरानले हर्मुज बन्द गरेर अमेरिका माथि प्रभाव पार्न खोजे पनि अब त्यसले काम नगर्ने स्पष्ट पारे। शुक्रबार इरानले हर्मुज जलडमरूमध्य अस्थायी रूपमा खुला गरिएको घोषणा गरेको थियो। तर शनिबार नै इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) ले उक्त क्षेत्रमा पुनः कडा नियन्त्रण कायम गरिएको जनाएको थियो। इरानले हर्मुज खुला गरे पनि अमेरिकाले लगाएको नाकाबन्दी हटाएको छैन भन्ने…
Read More
कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार कार्य तीव्र

कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार कार्य तीव्र

३ वैशाख, काठमाडौं — थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अवैध रूपमा बसोबास गरिरहेका ४६ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फिर्ता गरेको छ। राजदूतावासका अनुसार, ती नागरिकहरूलाई ३० चैत र १ वैशाखका दिन कम्बोडियाबाट उद्धार गरी नेपाल पठाइएको हो। प्रलोभनमा परी विभिन्न माध्यममार्फत कम्बोडिया पुगेका उनीहरू अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनोमार्फत हुने अनलाइन ठगीलगायत अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको तथा कतिपय बिनाभिसा बसिरहेको अवस्थामा फेला परेका थिए। राजदूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपाली नागरिकहरूको उद्धार गरी स्वदेश फिर्ता गर्ने प्रक्रिया निरन्तर जारी रहेको जनाएको छ। दूतावासका अनुसार, त्यहाँ नेपालीहरूलाई अनलाइन ठगीलगायत गैरकानुनी कार्यमा संलग्न गराइएको तथा भिसा बिना वा…
Read More
हर्मुज नखोले इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी

हर्मुज नखोले इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी

२४ चैत, काठमाडौं — डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै छोटो समयमै ठूलो सैन्य कारबाही गर्न सकिने बताएका छन्। उनले ‘Strait of Hormuz’ मंगलबारसम्म नखोले इरानका भौतिक पूर्वाधारमाथि आक्रमण गर्ने चेतावनी दिँदै आएका थिए। समयसीमा नजिकिँदै जाँदा उनले एकै रातमा देशलाई पूर्ण रूपमा ध्वस्त पार्न सकिने बताएका हुन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आवश्यक परे इरानका पुल, विद्युत् उत्पादन केन्द्रलगायत सबै संरचनामा केही घण्टामै आक्रमण गर्न सकिने दाबी गरे। उनले त्यस्तो अवस्था आएपछि युद्धपछि इरानको तेल स्रोतमा नियन्त्रण गर्ने संकेत पनि दिएका छन्। यता, युद्ध रोक्न विभिन्न देश र मध्यस्थकर्ताहरूले प्रयास गरिरहेका छन्। पाकिस्तान, इजिप्ट र टर्कीले अन्तिम पहल…
Read More
अमेरिकी सेनाको जोखिमपूर्ण अपरेसन सफल

अमेरिकी सेनाको जोखिमपूर्ण अपरेसन सफल

२३ चैत, काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक संवेदनशील सैन्य घटनाका कारण शुक्रबार रात निकै तनावपूर्ण अवस्थामा बिताए। उनी ह्वाइट हाउसको ओभल अफिस र वरपर निरन्तर आवतजावत गर्दै घटनाबारे अपडेट लिइरहेका थिए। त्यस दिन इरानमा अमेरिकी F-15E लडाकू विमान दुर्घटनाग्रस्त भएको थियो, जसमा रहेका दुई चालक दलका सदस्य पनि इरानी भूमिमा खसेका थिए। अमेरिकी इतिहासमा झन्डै दुई दशकपछि यस्तो घटना भएको हो। दुईमध्ये एक जनालाई तत्कालै उद्धार गरिएको थियो भने अर्का कर्नेल दर्जाका अधिकृत सम्पर्कविहीन भएका थिए। उक्त सैनिकलाई खोज्न इरानले व्यापक खोजी अभियान थालेको थियो। सरकारी सञ्चारमाध्यममार्फत उनलाई पक्राउ गर्न आह्वान गर्दै पुरस्कार घोषणा गरिएको थियो, जसले गर्दा…
Read More
अमेरिकाको हस्तक्षेपपछि भेनेजुएलाको कार्यकारी नेतृत्व रोड्रिगेजको हातमा

अमेरिकाको हस्तक्षेपपछि भेनेजुएलाको कार्यकारी नेतृत्व रोड्रिगेजको हातमा

२० पुस, काठमाडौं — भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि रोड्रिगेजले उक्त जिम्मेवारी सम्हालेकी हुन् । समाचार एजेन्सी रोयटर्सका अनुसार, भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न उपराष्ट्रपति रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिन आवश्यक भएको जनाएको थियो । अमेरिकाले शनिबार भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको थियो । साथै, भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार सञ्चालन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । डेल्सी रोड्रिगेजको जन्म १८ मे १९६९ मा काराकसमा भएको हो । उनका पिता जर्ज एन्टोनियो…
Read More
ड्रोन आक्रमणको आरोपपछि रूस र युक्रेनबिच तनाव चर्कियो

ड्रोन आक्रमणको आरोपपछि रूस र युक्रेनबिच तनाव चर्कियो

१५ पुस, काठमाडौं — रूसद्वारा राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारी निवासमा युक्रेनले ड्रोन हमला गरेको आरोप लगाईएको छ। रूसी विदेशमन्त्री सर्गेई लाभरोभका अनुसार रूसको उत्तरपश्चिम नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासतर्फ आइतबार राति युक्रेनबाट ९१ वटा ड्रोन प्रहार गरिएको थियो। उनले टेलिग्राममार्फत जारी विज्ञप्तिमा उक्त सबै ड्रोन रूसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको दाबी गरेका छन्। आक्रमणबाट कुनै मानवीय वा भौतिक क्षति नभएको पनि उनले बताएका छन्। यस घटनालाई आधार बनाउँदै रूसले शान्ति वार्तासम्बन्धी आफ्नो अडान पुनरावलोकन गर्न सक्ने चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ। लाभरोभले युक्रेनले ‘राज्य आतंकवाद’को नीति अपनाएको आरोप लगाउँदै वार्तास्थितिमा पुनः समीक्षा हुन सक्ने बताए पनि अमेरिकासँगको संवाद…
Read More
५७ अर्बको रूसी पनडुब्बी क्षतिग्रस्त भएको युक्रेनको दाबी, रूसले गर्यो अस्वीकार

५७ अर्बको रूसी पनडुब्बी क्षतिग्रस्त भएको युक्रेनको दाबी, रूसले गर्यो अस्वीकार

१ पुष, काठमाडौं — युक्रेनले पहिलो पटक पानीमुनि सञ्चालन हुने समुद्री ड्रोन प्रयोग गरी ब्ल्याक सागर क्षेत्रमा रहेको रूसी पनडुब्बीमा आक्रमण गरी ठूलो क्षति पुर्‍याएको दाबी गरेको छ। युक्रेनको सुरक्षा सेवा (एसबियु) ले स्वदेशमै निर्माण गरिएका ‘सब सी बेबी’ ड्रोनमार्फत नोभोरोस्सियस्क नजिकको बन्दरगाहमा रहेको ‘किलो क्लास’ पनडुब्बीलाई निशाना बनाएको जनाएको छ। एसबियुले सार्वजनिक गरेको भिडियोमा समुद्री तट नजिकै शक्तिशाली विस्फोट भएको देखिन्छ, जहाँ पनडुब्बी र अन्य जहाजहरू राखिएको छ। बन्दरगाहको संरचना र घाटको अवस्थाको आधारमा उक्त भिडियो नोभोरोस्सियस्क बन्दरगाहकै भएको समाचार संस्था रोयटर्सले पुष्टि गरेको छ। युक्रेनी आक्रमणपछि रूसले क्राइमियाबाट आफ्ना युद्धपोतहरू हटाउनुपरेको र त्यस क्रममा उक्त पनडुब्बीलाई पनि नोभोरोस्सियस्कमा…
Read More
भारतको गोवामा नाइट क्लबमा लागेको भीषण आगोले चार नेपालीसहित २५ जनाको मृत्यु

भारतको गोवामा नाइट क्लबमा लागेको भीषण आगोले चार नेपालीसहित २५ जनाको मृत्यु

२२ मंसिर, काठमाडौं — भारतको गोवाको अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार मध्यरात लागेको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु भएको खुलासा भएको छ। घटनामा ६ जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये २० जना क्लबका कर्मचारी रहेको र तीमध्ये चार जना नेपाली नागरिक भएको विवरण गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। हिन्दुस्तान टाइम्सका अनुसार आगलागीमा ज्यान गुमाउने नेपालीहरूमा चुर्णबहादुर पुन, विवेक कटवाल, सविन र सुदीप रहेका छन्। उनीहरू नेपालका नागरिक भए पनि ठेगाना खुलाइएको छैन। गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको छ। अधिकारीहरूको भनाइअनुसार क्लबमा नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगो लागेको हो। साँघुरा बाटोका…
Read More