सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा रोकिएको छ । मन्त्री पदको शपथका लागि नेकपा एमालेबाट सम्भावित तीन जना प्रदेश सांसद मुख्यमन्त्री कार्यालय पुगेका थिए । एमालेले मन्त्री बन्ने नामसमेत टुंगो लगाइसकेको थियो । तर, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) असन्तुष्ट भएपछि सरकार विस्तार हुन सकेन । साँझसम्म प्रतीक्षा गरेका प्रदेश सांसदहरू अन्ततः शपथ नलिई फर्किएका छन् । एमालेबाट मन्त्री बन्ने सूचीमा सरदा देवी थापा, मनोज कुमार सिंह र लखन दास रहेका थिए । उनीहरूसँगै गत बिहीबार विनाविभागीय मन्त्री बनेका मोहम्मद समिर पनि मुख्यमन्त्री कार्यालय पुगेका थिए ।…
Read More
एमाले बैठकमा नेतृत्वबारे बहस जारी

एमाले बैठकमा नेतृत्वबारे बहस जारी

१० जेठ, काठमाडौं — नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको छ । आजको बैठकमा अध्यक्ष ओलीले नेताहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । त्यसअघि बोल्न बाँकी रहेका नेताहरूले आफ्ना धारणा राख्नेछन् । गत शुक्रबारदेखि सुरु भएको सचिवालय बैठकमा नेताहरूले आफ्ना विचार राख्ने क्रम शनिबारसम्म जारी रहेको थियो । शुक्रबार र शनिबार बोल्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए । यद्यपि उपाध्यक्ष रामबहादुर थापा (बादल) र सचिव महेश बस्नेतले ओलीको पक्षमा धारणा राखेका थिए । उनीहरूले कठिन परिस्थितिमा नेतृत्वको साथ दिनुपर्ने बताएका थिए ।…
Read More
प्रदेश सरकारको समीकरणबारे गगन थापाको टिप्पणी

प्रदेश सरकारको समीकरणबारे गगन थापाको टिप्पणी

८ जेठ, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हालका लागि कोसी प्रदेश सरकार सञ्चालन नगर्ने बताएका छन् । प्रदेश सरकारको समीकरण परिवर्तनबारे विभिन्न दलहरूबीच छलफल चलिरहेका बेला उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । कोसी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले संघीय स्तरमा कांग्रेस प्रतिपक्षमा रहेको उल्लेख गरे । उनले भने, “स्पष्ट कुरा के हो भने संघमा हामी प्रतिपक्षमा छौं । प्रतिपक्षमा रहेका दलहरूबीच संवाद र छलफल आवश्यक हुन्छ । कतिपय अवस्थामा गठबन्धन गरेर सहकार्य गर्नुपर्ने अवस्था पनि आउँछ ।” यसैबीच सातवटै प्रदेशमा सरकारको समीकरण परिवर्तन गर्ने सहमतिअनुसार नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीबीच गठबन्धनको तयारी भइरहेको बताइएको…
Read More
सरकारको जवाफ नआएपछि राष्ट्रिय सभामा असन्तुष्टि

सरकारको जवाफ नआएपछि राष्ट्रिय सभामा असन्तुष्टि

८ जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको ५६ दिन बितिसक्दा पनि राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ नआएको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रिय सभाको जारी बैठकमा सांसदहरूले सरकारको मौनतामाथि प्रश्न उठाउँदै “ढुंगो बोल्ला, माटो बोल्ला तर सरकार बोल्दैन” भन्दै आपत्ति जनाएका हुन् । बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्ट र एमालेका सांसद सोमनाथ पोर्तेलले जनप्रतिनिधिहरूले जनताको समस्या र चासोका विषय उठाउने भएकाले त्यसको उचित जवाफ सरकारले दिनुपर्ने बताएका छन् । एमाले सांसद पोर्तेलले भने, “पहाडको एउटा डाँडामा गएर करायो भने अर्को डाँडासम्म आवाज फर्किन्छ, तर सरकार ५६ दिनसम्म…
Read More
संसद अवरुद्ध भएपछि प्रधानमन्त्रीलाई भेट्न पुगे सभामुख

संसद अवरुद्ध भएपछि प्रधानमन्त्रीलाई भेट्न पुगे सभामुख

७ जेठ, काठमाडौं — प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित गराउनुपर्ने माग गर्दै प्रतिपक्षी सांसदहरूले विरोध जनाएका छन् । प्रतिपक्षी सांसदहरूले नियमावली कार्यान्वयनको माग गर्दै संसद बैठक अवरुद्ध गरेपछि सभामुख डिपी अर्याल प्रधानमन्त्रीसँग भेट गर्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका हुन् । विरोधका कारण सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । रास्वपाका एक नेताका अनुसार सभामुख र प्रधानमन्त्रीबीच छोटो भेटवार्ता भएको छ । उनले भने, “सभामुख अहिले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफलमा हुनुहुन्छ ।” प्रतिनिधिसभा नियमावलीमा रहेको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको व्यवस्था कार्यान्वयन नगरी अघि बढ्न खोजिएको भन्दै सभामुख अर्यालमाथि दबाब बढेको…
Read More
‘रकेट बनाउन सजिलो, बाँदर हटाउन गाह्रो’: महावीर पुन

‘रकेट बनाउन सजिलो, बाँदर हटाउन गाह्रो’: महावीर पुन

७ जेठ, काठमाडौं — प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले बाँदर आतंकको समस्या समाधान गर्न अनुसन्धान आवश्यक रहेको बताएका छन् । यसका लागि ५ देखि ७ करोड रुपैयाँसम्म बजेट छुट्याउनुपर्ने उनको भनाइ छ । हाल विभिन्न सांसदहरूले बाँदर आतंक बढेको भन्दै सरकारसँग समाधानको माग गर्दै आएका छन् । एमाले सांसद राजेन्द्र राईले त बाँदर नियन्त्रणका लागि एक साताको अल्टिमेटमसमेत दिएका थिए । यसै विषयलाई लक्षित गर्दै महावीर पुनले संसदमा आवाज उठाएर मात्र बाँदर समस्या समाधान नहुने बताएका छन् । उनले भने, “बाँदर आतंक कम गर्न अनुसन्धान गर्नैपर्छ, संसदमा कराएर मात्र केही हुँदैन । यहाँ धेरै सांसदहरू कराइरहेको देखियो ।” उनले…
Read More
सभामुखको रुलिङमाथि साम्पाङको आपत्ति

सभामुखको रुलिङमाथि साम्पाङको आपत्ति

६ जेठ, काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसद्प्रति जवाफदेही बनाउनका लागि आफूहरू निलम्बन हुन पनि तयार रहेको बताएका छन् । बुधबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारविरुद्ध भइरहेको विरोध आगामी दिनमा पनि जारी रहने बताएका हुन् । साम्पाङले सरकारलाई प्रश्न उठाउन नदिने गरी सभामुखले रुलिङ गरेको आरोप पनि लगाए । उनले आफूहरूले त्यसको विरोध गरिरहेको बताएका छन् । उनका अनुसार सार्वभौम संसद् र संसदीय विधि–विधानको संरक्षणका लागि आवश्यक परे आफूहरू निलम्बन हुनसमेत तयार छन् । उनले सुकुम्बासी समस्या, लिपुलेक मुद्दा, विदेशी ऋणलगायत विभिन्न विषयमा आफूहरूले उठाएका प्रश्नहरूको स्पष्ट जवाफ नआएको बताए । सरकारले जनताका…
Read More
‘रेमिटेन्स आयो, बाहिर गएको हेरिएन’: धनन्जय रेग्मी

‘रेमिटेन्स आयो, बाहिर गएको हेरिएन’: धनन्जय रेग्मी

६ जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद धनन्जय रेग्मीले आफूले सुगौली सन्धिको प्रतिलिपि पढ्न नपाएको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित रहेको बैठकमा उनले सीमा समस्यासँग सम्बन्धित विषयमा प्रश्न उठाएका थिए । रेग्मीले भने, “सीमाको समस्या वास्तवमा के हो ? सुगौली सन्धि के हो ? हामीले त्यसको प्रतिलिपि पढ्न पाएनौं । त्यो कहाँ छ ? पढ्न पाएको भए धेरै कुरा बुझ्न सकिन्थ्यो ।” अर्को प्रसङ्गमा उनले नेपालमा ‘रिसर्चर भिसा’को व्यवस्था गर्न पहल गर्न पनि आग्रह गरेका छन् । उनले भने, “नेपालमा…
Read More
प्रधानमन्त्रीस्तरको निर्णयबाट पौडेललाई उपकुलपतिको जिम्मेवारी

प्रधानमन्त्रीस्तरको निर्णयबाट पौडेललाई उपकुलपतिको जिम्मेवारी

५ जेठ, काठमाडौं — नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्राध्यापक सुधनकुमार पौडेललाई दिइएको छ । नेपाल सरकारको प्रधानमन्त्री तथा कुलपतिस्तरबाट बुधबार भएको निर्णयअनुसार अर्को उपकुलपति नियुक्त नभएसम्मका लागि पौडेललाई उक्त जिम्मेवारी दिइएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयले बिहीबार पत्रमार्फत उनलाई जिम्मेवारीबारे जानकारी गराएको छ । मन्त्रालयका सचिव चुडामणि पौडेलले पठाएको पत्रमा विश्वविद्यालयको दैनिक कार्य सञ्चालनका लागि उपकुलपतिको जिम्मेवारी तोकिएको उल्लेख गरिएको छ । प्राध्यापक पौडेल यसअघि नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी दुई कार्यकालसम्म सम्हालिसकेका छन् । जिम्मेवारी सम्बन्धी पत्र प्राप्त भएसँगै आफूले विश्वविद्यालयको दैनिक कार्य सञ्चालनको जिम्मेवारी सम्हाल्न थालेको पौडेलले बताएका छन् ।
Read More
एमालेमा कार्यविभाजनको तयारी, चुनावी समीक्षा पनि हुने

एमालेमा कार्यविभाजनको तयारी, चुनावी समीक्षा पनि हुने

४ जेठ, काठमाडौं — नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी ओलीको निवासमा सुरु भएको छ । फागुन २१ मा भएको निर्वाचनपछि अध्यक्ष ओलीको उपस्थितिमा पहिलोपटक औपचारिक रूपमा बस्न लागेको यो बैठकमा नेताहरूको कार्यविभाजन मुख्य एजेन्डा रहने बताइएको छ । साथै नेताहरूको वरीयता निर्धारण र चुनावी समीक्षाका विषय पनि छलफलमा आउन सक्ने नेताहरूले बताएका छन् । तर बैठक सुरु हुनुअघि सदस्यहरूलाई छलफलका एजेन्डाबारे औपचारिक जानकारी दिइएको छैन । एक सचिवालय सदस्यले एजेन्डाबारे बैठकमै थाहा हुने र कार्यविभाजनको विषयमा छलफल हुने सुनिएको बताएका छन् । एमालेले गत पुसमा ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरे पनि हालसम्म नेताहरूको कार्यविभाजन गरेको छैन…
Read More