‘रकेट बनाउन सजिलो, बाँदर हटाउन गाह्रो’: महावीर पुन

७ जेठ, काठमाडौं — प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले बाँदर आतंकको समस्या समाधान गर्न अनुसन्धान आवश्यक रहेको बताएका छन् ।

यसका लागि ५ देखि ७ करोड रुपैयाँसम्म बजेट छुट्याउनुपर्ने उनको भनाइ छ ।

हाल विभिन्न सांसदहरूले बाँदर आतंक बढेको भन्दै सरकारसँग समाधानको माग गर्दै आएका छन् । एमाले सांसद राजेन्द्र राईले त बाँदर नियन्त्रणका लागि एक साताको अल्टिमेटमसमेत दिएका थिए ।

यसै विषयलाई लक्षित गर्दै महावीर पुनले संसदमा आवाज उठाएर मात्र बाँदर समस्या समाधान नहुने बताएका छन् ।

उनले भने, “बाँदर आतंक कम गर्न अनुसन्धान गर्नैपर्छ, संसदमा कराएर मात्र केही हुँदैन । यहाँ धेरै सांसदहरू कराइरहेको देखियो ।”

उनले बाँदर नियन्त्रणका लागि प्रविधि विकास गर्न सजिलो नभएको पनि बताए ।

“रकेट बनाउने प्रविधि त छ, त्यो सजिलो हुन सक्छ । तर बाँदरलाई कसरी हटाउने भन्ने विषयमा मैले संसारभर खोजेको छु, अहिलेसम्म प्रभावकारी उपाय भेटिएको छैन । त्यसका लागि ५/७ करोड बजेट अनुसन्धानमा खर्च गर्नुपर्छ,” उनले भने ।

पुनले हाल सरकारले बाँदर समस्या समाधानका लागि अनुसन्धान टोली गठन गर्ने तयारी गरिरहेको जानकारी आफूले पाएको पनि बताए ।

उनले भने, “सरकारले एउटा अनुसन्धान टोली बनाउने तयारी गरिरहेको सुनेको छु । त्यसमा मलाई पनि राख्न आग्रह गरेको छु । बाँदर आतंक कसरी कम गर्न सकिन्छ भनेर अनुसन्धान गरेर उपाय खोज्नुपर्छ । संसदमा कराएर बाँदर भाग्दैन । बाँदर निकै बुद्धिमान जनावर हो । अहिले सम्म वैज्ञानिकहरूले पनि यसको स्थायी समाधान निकाल्न सकेका छैनन् । एउटा उपायले मात्रै समस्या समाधान हुँदैन ।”

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...
‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्...
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचि...
सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...