विदेशी मुद्रा सञ्चिति नयाँ उचाइमा, २२ खर्ब ७३ अर्ब नाघ्यो

Advertisement

२६ पुस, काठमाडौं – नेपालमा विदेशी मुद्रा सञ्चितिले नयाँ रेकर्ड कायम गरेको छ। गत मंसिर मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। यसअघि असार मसान्तमा कुल सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो। राष्ट्र बैंकको तथ्यांकअनुसार, विदेशी मुद्रा सञ्चिति असारको तुलनामा करिब ११.५ प्रतिशतले वृद्धि भएको हो।

अमेरिकी डलरको आधारमा हेर्दा, २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेको सञ्चिति मंसिर मसान्तसम्ममा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ। राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मासिक प्रतिवेदनमा यो तथ्यांक उल्लेख गरिएको छ।

१७.६ महिनाको आयात धान्न पर्याप्त

आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको आयातलाई आधार मान्दा, बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चिति १७.६ महिनासम्मको वस्तु आयात र १४.६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ। चालु आर्थिक वर्षमा कम्तीमा ६ महिनाको आयात धान्न पुग्ने सञ्चिति कायम राख्ने लक्ष्य राखिएकोमा यो लक्ष्यलाई सहजै पूरा गर्न सकिने देखिएको छ।

विदेशी मुद्रा सञ्चितिको अनुपात

२०८१ मंसिर मसान्तसम्मको तथ्यांकअनुसार, विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ३९.८ प्रतिशत, कुल आयातको १२१.६ प्रतिशत र विस्तृत मुद्राप्रदाय (एम२)को ३१.६ प्रतिशत रहेको छ।

विदेशी मुद्रा सञ्चितिमा देखिएको निरन्तर सुधारले मुलुकको वित्तीय स्थायित्वमा सकारात्मक प्रभाव पार्ने र आयात व्यवस्थापनमा सहजता ल्याउने राष्ट्र बैंकको धारणा छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

एमालेको राष्ट्रिय भेलामार्फत पार्टीपंक्ति सक्रिय बनाउने तयारी

१० कात्तिक, काठमाडौं — नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो प्रभाव र सामर्थ्य प्रदर...
गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

गोलबजार नगरपालिकाको राजस्व अनियमितता प्रकरणमा ६ जनाविरुद्ध मुद्दा

१० कात्तिक, काठमाडौं — सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा ...
मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

मलानको ७० रनमा चितवनले विराटनगरसामु राख्यो १५८ रनको लक्ष्य

१० कात्तिक, काठमाडौं — ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत वि...
कर्मचारीको सवारी खर्चसम्बन्धी नयाँ निर्देशिका तयार हुँदै

कर्मचारीको सवारी खर्चसम्बन्धी नयाँ निर्देशिका तयार हुँदै

९ कात्तिक, काठमाडौं — सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने र त्यसको ब्य...