आउँदो कात्तिक २३ गते देखि ५ महिना सम्म १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द

२१ जेठ, काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भइरहेको धावनमार्ग विस्तार लागि आउँदो कात्तिक २३ गते देखि ५ महिना सम्मका लागि राती १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा उडान बन्द हुने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणद्वारा वायुसेवाहरुमा जारी सूचनाअनुसार, विमानस्थलमा जारी निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकाले ०८१ कात्तिक २३ देखि चैत १८ गतेसम्म राती १० बजेपछि उडान हुने छैनन् ।

यो अवधिमा त्रिभुवन अन्तर्राििष्ट्रय विमानस्थल हरेक दिन बिहान ८ बजेपछिमात्रै खुला हुने छ । अहिले काठमडौं विमानस्थल बिहान ६ बजे खुलेर राती २ बजेसम्म सेवा दिँदै आएको छ । ‘काठमाडौं विमानस्थलको धावनमार्ग र त्यससँग जोडिएको ट्याक्सी वे प्रणालीका विभिन्न निर्माण गतिविधिहरु सञ्चालन गर्नुपर्ने भएकाले विमानस्थल सञ्चालन अवधि घटाइने छ,’ अन्तर्राष्ट्रिय उड्डयनसम्बन्धी नियमअनुसार प्राधिकरणद्वारा जारी एआईपीमा उल्लेख गरिएको छ ।

प्राधिकरणका अनुसार, यो अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र निर्माणको काम गर्दै आइरहेका तीनवटा निर्माण व्यवसायीहरुले धावनमार्गको उत्तर–दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी-वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्ने लगायतका काम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...