एकीकृत समाजवादी अध्यक्ष नेपालद्वारा प्रधानमन्त्री ओलीमाथि ०८७ सम्म सत्ता टिकाउने चाहना रहेको आशंका

Advertisement

२६ पुस, काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेर २०८७ सम्म सरकारमा बस्ने योजना बनाएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले यस्तो धारणा व्यक्त गरेका हुन्।

अध्यक्ष नेपालले संविधान संशोधनसम्बन्धी विषयलाई लिएर प्रधानमन्त्री ओली पछाडि हटेको भन्ने कुरा सुनेको जनाउँदै, जनताको सुविधाहरूलाई सहज बनाउनेतर्फ ध्यान दिन संविधान संशोधन आवश्यक भएको बताए। “संविधान संशोधनको कुराबाट प्रधानमन्त्री पछि हट्नुभएको भन्ने सुनिएको छ। उहाँको २०८७ सम्म सरकारमा बस्ने चाहना हुन सक्छ। संसद् नै भंग गरेर त्यसैलाई आधार बनाउँदै थप ६ वर्ष बस्ने योजना हो कि भन्ने प्रश्न उठ्छ,” नेपालले भने।

प्रधानमन्त्री ओलीले मंगलबार पार्टीको केन्द्रीय समितिको बैठकमा संविधान संशोधन २०८७ मा मात्रै हुने बताएपछि विभिन्न राजनीतिक वृत्तमा विवाद उब्जिएको छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायत अन्य नेताहरूले प्रधानमन्त्रीको यो भनाइप्रति आपत्ति जनाएका छन्।

यसैबीच, अध्यक्ष नेपालले अध्यक्ष दाहालसँगको भेटमा समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउने विषयमा छलफल भएको बताए। उनले भने, “समाजवादी मोर्चालाई पुनःजागृत र क्रियाशील बनाउने मुख्य विषयमा छलफल गर्‍यौं। यही उद्देश्यले माघ २ गते मोर्चामा आवद्ध ४ घटक, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र, विप्लव नेतृत्वको पार्टी र महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टीसँग सल्लाह गरिनेछ। समाजवादी मोर्चालाई हामी क्रियाशील बनाउँदैछौं।”

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एनपीएललाई प्रधानमन्त्री बालेनको शुभकामना, आजदेखि तेस्रो संस्करण सुरु

एनपीएललाई प्रधानमन्त्री बालेनको शुभकामना, आजदेखि तेस्रो संस्करण सुरु

९ कात्तिक, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटको सफलताको कामना ...
सर्बियामा विद्यार्थी आन्दोलनको जित, बुचिचको १४ वर्षे शासन अन्त्य

सर्बियामा विद्यार्थी आन्दोलनको जित, बुचिचको १४ वर्षे शासन अन्त्य

९ कात्तिक, काठमाडौं — सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्वराष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन अन्त्य भएको छ। संसदीय न...
सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

सात उद्योगको सम्पत्ति मूल्यांकन : पाँचवटाको प्रतिवेदन तयार, दुईवटाको बाँकी

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार...
डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

डिजिटल प्रविधिमार्फत निर्माण क्षेत्र सुधार्न शिलाक्ष्य र फोरफ्रन्टको साझेदारी

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. ...