एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने र माओवादीको समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको भनाई

२७ जेठ, काठमाडौं – नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेपालमा समाजवाद ल्याउन नसक्ने दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेकपा एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको जिकिर गरे ।

उनले नेकपा एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने बताए । त्यस्तै, नेकपा माओवादी केन्द्रको समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लाग्ने उनको टिप्पणी छ।

उनले भने, ‘यदि हाम्रो नवौं महाधिवेशनले त्यो गलत निर्णय गरेको हुँदैन थियो भने आज हामीले समाजवादी जुन कार्यक्रम हामीले बनाएका छौँ, २०७५ सालमै नेपाली विशेषताको कार्यक्रम बनिसकेको हुन्थ्यो, कमरेड माधवकुमार नेपालले जितेको भए । हामीले ५ महिना पाएको भए हामीले त्यतिबेलै कार्यक्रम ल्याउने थियौँ । त्यो काम ०७५ सालमा गर्नु पर्दथ्यो, अहिले २०८१ मा हामी गर्दैछौँ । मुलुकले भयंकर ठूलो क्षति व्यहोरेपछि नेकपा एकीकृत समाजवादी ले आज यो कार्यक्रमलाई अगाडि लिएर आउँदैछ ।’

उनले पार्टीको आसन्न महाधिवेशनले समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिने बताए । ‘यो सारा क्रान्ति नेकपा एमालेले गर्दैन किनभने त्यो नगर्नका लागि नै बनेको पार्टी हो । त्यो एक हिसावले व्यक्ति पूजा । आगामी दिनमा व्यक्तिपूजाको अझै ठूलो प्रयत्न गर्नेछ । यसकाबिरुद्धमा प्रयत्न हुनेछ र यही वरपर लाग्नेछ,’ उनले भने, ‘माओवादीले यो कुरा बुझ्न अझै धेरै समय लाग्छ । उसको त्यो हिसावले सिद्धान्त बुझ्ने उमेर भएको छैन । नेकपा माओवादी केन्द्रको उमेर पुगेको छैन । उसले धेरै समय लगाउँछ । हाम्रो यो सानो पार्टी नेकपा एकीकृत समाजवादीका काँधमा ठूलो र गम्भीर जिम्मेवारी छ ।’

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल ...
प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता...
म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्द...
एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...