ओलीको नेतृत्वमा कांग्रेससहितको सरकार गठनको आधार सातबुँदे अनुसार काम भएको छैन : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

२४ कात्तिक, उदयपुर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको सरकार गठनको आधार सातबुँदे अनुसार काम नभएको बताएका छन् ।

उदयपुरमा शनिबार आयोजित पार्टीको कार्यक्रममा कोइरालाले भने  ‘प्रधानमन्त्रीजीले नै सातबुँदेबारे संसद्मा आफ्ना विचारहरू राखिसक्नुभएको छ । त्यसमा संविधान सुधारका कुराहरू पनि छन् भन्नुभएको छ उहाँले । तर अहिलेको १०० दिनमा संविधान सुधारका कुनै पनि कुराहरू अगाडि बढ्न सकेको छैन,’ ।

त्यस्तै कोइरालाले भ्रष्टाचारबाट देश पीडित भइसकेको बताएका पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने भनी अभिव्यक्ति दिए पनि वास्तवमा अवस्था के छ भन्ने कुरा सबैलाई जानकारी रहेको कोइारालाको भनाइ छ ।

‘भ्रष्टाचार र सुशासनले हामीहरू पीडित छौं, तपाईंहरू सबै पीडित हुनुहुन्छ, देश पीडित भइसक्यो,’ कोइरालाले भने, ‘भ्रष्टाचारका विषयमा पटकपटक प्रधानमन्त्रीजीले नभिरहनुभएको छ ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्नुभएको छ, तर कस्तो अवस्था छ भन्ने कुरा भनिरहनुपर्ने आवश्यकता छैन । देशको जुन अवस्था छ त्यो अवस्थाले भोलिको दिन कसरी जान्छ भन्ने कुरा अत्यन्त गम्भीर विषय बनेर गएको छ । चिन्ता लाग्छ कतै देश असफल राष्ट्रतिर त जाँदैन ?’

एमाले र कांग्रेसले सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नभएपनि सरकारका गलत कामको आलोचना र खबरदारी गर्नुपर्ने डा. कोइरालाको भनाइ थियो । उनले जनतालाई पनि सरकारलाई खबरदारी गर्न र गलत गरेमा सच्याउँदै जाने बनाउन आह्वान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...