ओली सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीको शपथ

३१ असार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिएका छन् ।

सोमबार प्रधानमन्त्री ओलीको शपथ लगत्तै उपप्रधान तथा मन्त्रीहरूले शपथ लिएका हुन् ।

कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् । सिंहलाई सहरी विकास र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंह र पौडेल विगतमा पनि पटक पटकमन्त्री भएका व्यक्ति हुन् ।

कांग्रेसबाट प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा पाएका छन् । नयाँ सरकारमा कांग्रेसकी आरजु राणा परराष्ट्रमन्त्री बनेकी छन् ।

यी हुन् सोमबार शपथ लिएका २१ मन्त्रीहरु–

१. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास

२. विष्णु पौडेल – उपप्रधान तथा अर्थ

३. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि

४. रमेश लेखक – गृह

५. शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा

६. आरजु राणा – परराष्ट्र

७. प्रदीप यादव – खानेपानी

८. बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

९. दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति

१०. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

११. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात

१२. तेजुलाल चौधरी – युवा तथा खेलकुद

१३. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला

१४. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि

१५. मानवीर राई – रक्षा

१६. दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ

१७. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन

१८. ऐनबहादुर शाही – वन तथा वातावरण

१९. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या

२०. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

२१. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...