कर्णाली प्रदेश सरकारको कुल ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

१ असार, सुर्खेत – कर्णाली प्रदेश सरकारले कुल ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेटमा पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात् ५९ दशमलव ७ प्रतिशत विनियोजन गरिएको छ भने चालु ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात् २४ दशमलव १२ प्रतिशत विनियोजित छ ।

आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले प्रस्तुत गरेको बजेटमा पूँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ५९.७ प्रतिशत हो ।

यस्तै चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार रहेको छ । यो कुल बजेटको अर्थात २४.१२ प्रतिशत प्रतिशत हो । त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ ०.८ प्रतिशत अर्थात २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले ४ अर्ब ८३ करोड ३५ लाख ५१ हजार रुपैयाँ स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको छ ।

सरकारले ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा २ अर्ब घटेर आएको छ । चालु आर्थिक वर्षमा ३३ अर्बको बजेट ल्याइएको थियो । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आफ्नो आम्दानी ८३ करोड ४४ लाख ६५ हजार रुपैयाँ हुने अनुमान गरेको छ ।

बाँकी रकम संघीय सरकारको अनुदानमा र चालु वर्षमा खर्च नभएको बजेटमा भर परेको छ । चालु आर्थिक वर्षमा खर्च नभएको ५ अर्ब १३ करोड ८१ लाख २६ हजार रुपैयाँ रहने छ ।

प्रदेशको कुल बजेटमध्ये संघीय सरकारबाट राजस्व बाँडफाँटबापतको रकम ९ अर्ब ३८ करोड ५३ लाख प्राप्त भएको छ । वित्तीय समानीकरण अनुदानतर्फ १० अर्ब ३६ करोड ६३ लाख प्राप्त भएको छ भने सशर्त अनुदानतर्फ ३ अर्ब ७१ करोड ५० लाख रुपैयाँ प्राप्त भएको छ ।

यस्तै संघीय सरकारबाट समपूरक अनुदानतर्फ १ अर्ब २८ करोड ५० लाख र विशेष अनुदानतर्फ ६७ करोड ६५ लाख रुपैयाँ प्राप्त भएको छ ।

Budget-Speech-2081–karnali

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल ...
प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता...
म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्द...
एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...