कांग्रेसको कार्य सम्पादन समितिको बैठक: एमालेसँगको समझदारीलाई अनुमोदन, मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह

१९ असार, काठमाडौं – नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले मूलतः पदाधिकारी बैठकमा एमाले र कांग्रेसबीच भएको समझदारीलाई स्वागत गरिएको बताए । उनले भने, ‘एमाले र कांग्रेसबीच सत्ता साझेदारी गर्ने दुई दलका शीर्ष नेर्ताहरूबीच भएको समझदारीलाई बैठकले समर्थन गरेको छ ।’

यसैगरी बैठकमा नेतृत्वको सवालमा जानकारी दिइएको बताए । उनले भने, ‘बैठकले पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने विषयलाई पनि अनुमोदन गरेको छ ।’

बैठकले दुई ठूला दल र अन्य दलदरूले पनि नयाँ सत्ता समिकरणको पक्षमा आफ्नो मत राखेपछि नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीलाई माग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरिएको महतले जानकारी दिए ।

उनले भने, ‘दुई वटा ठूला दल नेपाली कांग्रेस र एमालेसँगै सरकार बनाउने भनिसकेपछि त स्वभाविक रुपमा सम्माननीय प्रधानमन्त्रीजीले मार्गप्रशस्त गर्नु पर्छ । त्यो पनि हाम्रो निर्णयमा आएको छ । उहाँले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ । र, अरु दलको समेत समर्थन घोषणा भइराखेको छ । यो जुन नयाँ समीकरण बनेको छ । यो सम्बन्धमा हाम्रो कार्य सम्पादन समितिको बैठकले सम्माननीय प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न पनि आग्रह गरेको छ ।’

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...