कांग्रेस-एमाले बहुदलीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध दुईदलीय व्यवस्थामा जान खोजेको भन्दै प्रतिपक्ष दलहरूले राष्ट्रपतिलाई गराए ध्यानाकर्षण

७ कात्तिक, काठमाडौं – प्रतिपक्ष दलहरूले कांग्रेस-एमाले बहुदलीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध दुईदलीय व्यवस्थामा जान खोजेको भन्दै राष्ट्रपतिलाई ध्यानाकर्षण गराएका छन् ।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र आम जनता पार्टीका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई  बुधबार भेटेर कांग्रेस-एमाले सरकार निरंकुश बाटोमा जान सक्ने जोखिम रहेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा नेताहरू शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपा नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरूङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे तथा आम जनता पार्टीका नेता तिलक थापा मगर सहितका नेताहरुले सरकारले दल फुटाउने अध्यादेश ल्याउने तयारी गरेको भन्दै ध्यानाकर्षण पनि गराएका छन् ।

उनीहरूले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पनि ध्यानाकर्षण पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...