काठमाडौं महानगरका शिक्षा विभाग प्रमुख कोइरालालाई  बालेनले सोधे स्पष्टीकरण

१४ माघ, काठमाण्डौं – काठमाडौं महानगरपालिकाले शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण सोधेको छ।

मेयर नै संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेको पाइएपछि मेयर बालेन शाहले स्पष्टीकरण सोधेका हुन् । उनलाई मेयर शाहले सात दिनभित्र आफ्नो सफाइ पेश गर्न भनिएको छ ।

मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले गत शुक्रवारदेखि लागू हुनेगरी सात दिने सफाइ पेश गर्न भनिएको बताए । कोइरालाले महानगरको नगर शिक्षा समितिको निर्णय भन्दै बानेश्वरमा रहेको रत्नराज्य स्कुललाई प्लस टु चलाउने अनुमति दिएका थिए ।

यो विषयमा शिक्षा समितिले निर्णय नै नगरेको तर, शिक्षा शाखा प्रमुखले कक्षा सञ्चालनको अनुमति दिएको भन्दै उजुरी परेको थियो । 

उजुरीपछि महानगरले गरेको अनुगमनको क्रममा कक्षा ११ को कक्षा सञ्चालन गरेको पाइएको थियो । महानगर शिक्षा समितिले अनुमति नै नदिएको विषयमा शिक्षा शाखा प्रमुखले कसरी अनुमति दिएको भन्दै एक साताभित्र आफ्नो सफाइ पेश गर्न भनिएको स्वकीय सचिव शाहले बताए । 

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...
‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्...
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचि...
सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...