कात्तिक २३ शुक्रबारबाट व्यावसायिक उडानलाई राति १० बजेदेखि बिहान ८ बजेसम्म रोक

२३ कात्तिक, काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ०८१ कात्तिक २३ शुक्रबारबाट व्यावसायिक उडानलाई राति १० बजेदेखि बिहान ८ बजेसम्म रोकेर पूर्वाधार विस्तार तथा निर्माण कार्य गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले तोकेको मापदण्ड तथा नेपाल सरकारको गुरुयोजना अनुसार विमानस्थलको स्तर वृद्धि गर्न लागिएको हो ।

शुक्रबार राति १० बजेको अन्तिम उडानपछि काठमाडौं विमानस्थलबाट हरेक दिन पहिलो उडान बिहान ८ बजेमात्रै हुनेछ । र, राति १० बजेअघि अन्तिम उडान भइसक्नुपर्ने छ ।

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, काठमाडौं विमानस्थल बिहान ६ बजे खुला भई राति ३ बजेसम्म सञ्चालन हुँदा दैनिक दुईतर्फी आउने/जाने गरेर ३ सय वटा आन्तरिक र १ सयवटा अन्तर्राष्ट्रिय उडान हुँदै आएको थियो । शुक्रबारदेखि विमानस्थल बिहान ८ बजे खुलेर राती १० बजे बन्द हुँदा ३० देखि ३५ प्रतिशतसम्म उडान कटौती हुने छन् ।

यो एसियाली विकास बैंकको अनुदान सहायतमा सन् २००९ मा तयार गरिएको गुरुयोजनाअनुसार सन् २०१३ देखि सुरु भएको काठमाडौं विमानस्थलको स्तरोन्नतिको कामको निरन्तरता भएको बताइएको छ ।

अहिलेको पूर्वाधार विस्तार र स्तरोन्नतिले काठमाडौं विमानस्थलले आगामी वर्षहरूमा १ करोड २० लाख हाराहारी यात्रुलाई सेवा दिने प्रक्षेपण गरिएको छ । अहिले यसले वार्षिक करिब ८० लाख यात्रुलाई सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...