टीआरसी विधेयक सर्वसम्मत हुनु शान्ति प्रक्रियाको महत्वपूर्ण कदम भएको नेकपा माओवादी केन्द्रको निष्कर्ष

३१ साउन, काठमाडौँ – नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा पारित हुनु शान्ति प्रक्रियाको महत्वपूर्ण कदम भएको निष्कर्ष निकालेको छ ।

बिहीबार बसेको स्थायी समिति बैठकले १८ वर्षदेखि टुंगोमा पुग्न नसकेको शान्ति प्रक्रिया सत्तापक्ष र प्रतिपक्षबीच सर्वसम्मत हुनु शान्ति प्रक्रियाको अर्को कदम भएको निष्कर्ष निकालेको हो ।

अध्यक्ष पुष्पकमल दाहालले टीआरसी विधेयकमा सर्वसम्मत हुनु महत्वपूर्ण काम भएको उल्लेख गर्दै यसलाई पूर्णरुपमा सफल बनाउनु पर्ने बताए । ‘शान्ति प्रक्रिया महत्वपूर्ण काम भएको छ । मलाई शान्ति प्रक्रिया टुंगो लगाउन ध्यान दिएन भन्ने थियो । मेरो पहिलेदेखि नै सर्वसम्मतिबाट गर्नुपर्छ भन्ने थियो,’ दाहालले भने, ‘प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएर धेरै राम्रो भएको छ ।’

माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले संक्रमणकाली न्यायसम्बन्धी विधेयक पारित भएपछि शान्ति प्रक्रिया निष्कर्षतिर पुग्न लागेको स्थायी समितिको ठहर भएको बताए । ‘लामो समयदेखि संसद्मा रहेको टीआरसी विधेयक पारित भएपछि शान्ति प्रक्रिया निष्कर्षतर्फ पुग्न लागेको स्थायी समितिको ठहर छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...
‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्...
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचि...
सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...