टीआरसी सम्बन्धी विषयलाई निष्कर्षतर्फ अघि बढाउनु वर्तमान सरकारको पहिलो सफलता: गृहमन्त्री रमेश लेखक

२३ साउन, काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गृहमन्त्री रमेश लेखकले कांग्रेस-एमाले मिल्दा संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी कानून निर्माणमा ब्रेक थ्रू हुने स्थिति बनेको बताएका छन् ।

उनले १८ वर्षदेखि पूरा हुन नसकेका र ९ वर्षदेखि कानुन नै बन्न नसकेको विषयलाई समाधानको बाटोमा अघि बढाउन सफल भएको बताए ।

बुधबार कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा पछिल्लो सरकार गठन र काम कारबाहीका विषयमा ब्रिफिङ गर्दै गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई निष्कर्षतर्फ अघि बढाउनु वर्तमान सरकारको पहिलो सफलता भएको दाबी गरे ।

‘यो गठबन्धन बनेपछि सकारात्मक परिणामहरु देखिन थालिसकेका छन् ।  हामीले आज मात्रै संक्रमणकालीन न्याय सम्बन्धी विषयमा टुंगिन बाँकी रहेको बेपत्ता पारिएकाहरुको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनलाई संशोधन गर्ने विधेयकमा ऐतिहासिक ब्रेक थ्रु गरेका छौं । ठूला राजनीतिक दलहरु मिल्दा मुलुकमा बलियो सरकार हुँदा त्यसले जुन आत्माविश्वास बढाउँछ, जुन वातावरण निर्माण गर्छ । यो त्यसकै प्रतिफल हो,’ गृहमन्त्री लेखकले भने, ‘१८ वर्षदेखि पूरा हुन नसकेका र ९ वर्षदेखि कानून नै बन्न नसकेको विषयलाई पनि हामीले थोरै दिनमै ब्रेक थ्रु गरेका छौँ ।’

गृहमन्त्री लेखकले संविधान जारी भएको ९ वर्ष बितिसकेको अवस्थामा संविधानको अभ्यास गर्दा देखिएका कतिपय समस्याहरुलाई लिएर संविधान संशोधनको आवश्यकता देखिएको बताए । कांग्रेस र एमालेको समीकरण बनेपछि सकारात्मक प्रभाव र परिणाम देखिएको गृहमन्त्री लेखकको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...