“तपाईंको गाडीको सिसा कालो भइसक्यो सभापतिज्यू, समीक्षा गर्नुहोस्,”: रास्वपाका महामन्त्री मुकुल ढकाल

१९ असार, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले गाडीको सिसा कालो भएको भनेर सांकेतिक रूपमा रवि लामिछानेको छवि धुुमिल भएको विषय लिखित रुपमै राखेका छन् ।

त्यस्तै उनले लामिछानेलाई राजनेता बन्ने प्रयास गर्न आग्रह गर्दै बाटो गलत समातेको आरोप लगाएका छन् ।

“राजनेता बन्नु पर्‍यो सभापति ज्यू, नेता मात्र बनेर पुगेन । तपाईंको गाडीको सिसा कालो भइसक्यो सभापतिज्यू, समीक्षा गर्नुहोस्,” महामन्त्री ढकालले भनेका छन्, “सभापतिज्यू, झिँगासँग उडियो भने ‘……’ मा पुगिन्छ । मौरीसँग उड्यो भने ‘मह’मा पुगिन्छ ।”

उनले आफ्नो इच्छा मौरीसँग उड्ने भए पनि सभापति झिँगासँग उड्न थालेको आरोप लगाएका छन् । “मलाई मौरीसँग उड्न मन छ, झिँगासँग होइन । हजुर पनि झिँगासँग उड्न थालेको हो कि, त्यस्तो आभास हुन थालेको छ,” ढकालले लेखेका छन्, “मौरीसँग उडौँ, जनतालाई मह खुवाऔँ ।”

उनले  शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालसँग निरन्तरका तस्बिरहरू आइरहेको भन्दै  अब  उनीहरूसँगै दाँजेर लामिछानेलाई को कति ठीक भन्ने बेला आइसकेको बताए ।

‘सभापतिलाई देउवा, ओली र प्रचण्डसँग दाँजेर को कति ठीक ? को कता ठीक ? भन्ने बेला भइसक्यो । मेरो चाहना त दाँज्ने तहको नहोस् भनेको, धेरैमाथि हुनपर्छ सभापति ज्यू, दाँजिने तहमा होइन ।

यसैगरी उनले रास्वपामा संस्कारको प्रश्न उठाउँदै सभापतिको आलोचना सुन्न नसक्ने चरित्र सच्याउन जरुरी रहेको उल्लेख गरेका छन् ।

“म पनि सच्चिने, तपाईं पनि सच्चिने र सभापति पनि सच्चिने । किन कि प्रश्न आइसक्यो ? सच्चिने कि…? भो अर्को शब्द नबोलौँ होला । फेरि साथीहरूलाई लाग्न सक्छ सभापति सक्किने भन्ने तँ को हो ? पार्टी सक्किन्छ भन्ने तँ को हो ?,” ढकालले भनेका छन्, “मलाई त चुप लगाउन सक्नुहोला, तर जनतालाई ? यी प्रश्न मेरा हुन् कि जनताका, आफैँ मूल्यांकन गर्नुहोस् ।”

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...
‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्...
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचि...
सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...