थापाथली बस्ती हटाउने निर्णयले उठायो प्रश्न

१० वैशाख, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले थापाथलीस्थित सुकुमबासी बस्ती हटाउन सुरक्षा निकायलाई दिएको निर्देशनपछि राजनीतिक क्षेत्रमा चर्चा र प्रतिक्रिया बढेको छ।

बुधबार उनले नेपाल प्रहरीका प्रमुख (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालसहित उच्च सुरक्षा अधिकारीहरूलाई बोलाएर आउँदो शनिबार र आइतबारभित्र बागमती किनारको बस्ती खाली गराउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीको यस निर्णयप्रति जेनजी अभियानकी अगुवा रक्षा बमले असन्तुष्टि व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस कदमलाई जनताप्रतिको धोका र राजनीतिक बेइमानी भएको बताएकी छन्। बमले बालेनको कार्यशैलीमाथि प्रश्न उठाउँदै “तपाईंले जानेको यत्ति मात्र हो?” भनेर टिप्पणी गरेकी छन्।

उनले यस कदमलाई अपरिपक्व निर्णय भएको मात्र नभई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनताप्रतिको गैरजिम्मेवार व्यवहार भएको आरोपसमेत लगाएकी छन्।

यसअघि बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा पनि थापाथलीको सुकुमबासी बस्ती हटाउने प्रयास गरेका थिए। तर, स्थानीय बासिन्दाको विरोध र अवरोधका कारण त्यो प्रयास सफल हुन सकेको थिएन।

प्रधानमन्त्री बनेपछि फेरि सोही बस्ती हटाउन सुरक्षा संयन्त्र परिचालन गर्ने तयारी भएपछि सर्वसाधारणबीच विरोधका आवाज उठ्न थालेका छन्। सुरक्षा अधिकारीहरूका अनुसार काठमाडौँका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी बस्ती हटाउने योजनालाई अन्तिम रूप दिने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

अमेरिका समूह विजेता, अस्ट्रेलिया पनि अन्तिम १६ मा

अमेरिका समूह विजेता, अस्ट्रेलिया पनि अन्तिम १६ मा

१२ असार, काठमाडौं — अस्ट्रेलिया फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘डी’ अन्तर्गत अमेरिकाको सान फ्रान्सिस्को बे...
रञ्जु दर्शनाले पनि फिर्ता लिइन् उम्मेदवारी, विपिन आचार्यलाई समर्थन

रञ्जु दर्शनाले पनि फिर्ता लिइन् उम्मेदवारी, विपिन आचार्यलाई समर्थन

१२ असार, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फ...
महाधिवेशन व्यवस्थापनमाथि आलोचना, प्रतिनिधिको सहभागिता घट्यो

महाधिवेशन व्यवस्थापनमाथि आलोचना, प्रतिनिधिको सहभागिता घट्यो

११ असार, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ। ९९ जना के...
चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

चौथो विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो नकआउट यात्रा

११ असार, काठमाडौं — दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको ...