दशरथ रंगशालामा सुकुमवासीको स्क्रिनिङ, स्वास्थ्य जाँच जारी

१३ वैशाख, काठमाडौं — उपत्यकाका विभिन्न अव्यवस्थित बस्ती हटाएपछि सरकारले भूमिहीन र सुकुमवासीहरूको पहिचान प्रक्रिया सुरु गरेको छ।

शनिबार बिहानदेखि नदी किनारमा रहेका सुकुमवासी बस्ती खाली गराइएको छ। त्यसपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विशेष डेस्क स्थापना गरी वास्तविक सुकुमवासी को हुन् भनेर विवरण संकलन र स्क्रिनिङ भइरहेको छ।

यस क्रममा रंगशालामा आएका सुकुमवासीहरूलाई स्वास्थ्य सेवा पनि उपलब्ध गराइएको छ। उनीहरूको शारीरिक तथा मानसिक अवस्था बुझ्न स्वास्थ्यकर्मीहरूको टोली खटाइएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाले स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गरेको छ। हालसम्म कम रक्तचाप भएका ६ जना (४ पुरुष र २ महिला), ढाड तथा जोर्नी दुखाइ भएका २ पुरुष, टाउको दुखाइ भएका २४ जना (१८ पुरुष र ६ महिला), २ जना गर्भवती महिला, चोटपटक लागेका १ जना र अन्य विभिन्न समस्या भएका १२ जनालाई सेवा दिइएको छ।

यससँगै मनोसामाजिक परामर्श सेवा पनि प्रदान गरिएको छ। बहुविवाहको समस्या भएका, अभिभावकविहीन महिला, विद्यालय उमेरका बालबालिका तथा रोजगारीमा रहेका अभिभावकहरूले आफ्ना मानसिक चिन्ताबारे परामर्श लिएका छन्।

स्वास्थ्य विभागका अनुसार धेरैजसो व्यक्तिमा पारिवारिक जिम्मेवारी, रोजगारीको अनिश्चितता र बालबालिकाको पढाइ कसरी अघि बढाउने भन्ने चिन्ताले मानसिक तनाव बढेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्...
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचि...
सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...