नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

३१ भदौ, काठमाडौं – गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ ।

गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा सोमबार पाँच सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, कानुन मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन महाशाखाका प्रतिनिधि र नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव सदस्य रहने छन् ।

समितिलाई आगामी असोज १५ गते भित्र अध्ययन प्रतिवेदन पेस गर्न समय सीमा दिइएको छ । समितिलाई वर्तमान समयमा नागरिकले भोगिरहेका समस्याको पहिचान गर्न कार्यदेश दिइएको गृह मन्त्रालयले जनाएको छ ।

साथै उक्त समस्याको समाधानमा विद्यमान कानुनी व्यवस्थाको विश्लेषण तथा समाधानका लागि सुधार गर्नुपर्ने ऐन, नियमावली र कार्यविधिलगायतका विषयमा सुझाव दिन भनिएको छ । समितिले आवश्यकता अनुसार नागरिकता सम्बन्धि समस्यामा परेका व्यक्ति तथा विषय विज्ञलाई आमन्त्रित गर्ने सकिने छ ।

यसअघि गृह मन्त्रालयमा सोमबारै गृहमन्त्री रमेश लेखकको उपस्थितिमा नेपाली नागरिकता प्रमाणपत्र जारी तथा व्यवस्थित गर्ने कार्यविधि, २०८१ को मस्यौदामाथि छलफल भएको थियो ।-रासस

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...
‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

‘प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न’: कांग्रेस सांसद काउचा

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्...
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, साझा हितका विषयमा छलफल

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचि...
सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...