नारायणगढ–मुग्लिन सडकखण्डमा दुईवटा यात्रु बस पहिरोले बगायो

२८ असार, काठमाडौं – चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा दुईवटा यात्रु बस पहिरोले बगाएको छ ।

शुक्रबार बिहान ३ बजे पहिरोले दुईवटा बस बगाएर नारायणी नदीमा पुर्याएको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरो खसेर वीरगन्जबाट काठमाडौं आउँदै गरेको गाडी बगाएको हो । उक्त गाडीमा २०/२१ यात्रु रहेको प्रहरीको भनाइ छ ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स नामको बसमा करिब ४१ जना यात्रु सवार थिए । पहिरोले बगाउँदा गाडी नारायणी नदीमा बेपत्ता भएको सशस्त्र प्रहरी वल, नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार ७ जना गोताखोरको टोली खोज तथा उद्धारका लागि परिचालन भएको छ । यात्रुको अवस्था अज्ञात छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...